अहिलेका


मधेसी र जनजाति मिल्नुपर्छ : मन्त्री साह

जनकपुरधाम, १९ कात्तिक ।
प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले राज्यको मूलप्रवाहबाट अलगथलग पारिएकाहरूलाई अधिकारसम्पन्न बनाउन मधेसी र जनजाति मिल्नुपर्ने बताएका छन् ।

उनले परम्परागत सत्ताका कारण उपेक्षा, उत्पीडन र बहिस्करणमा परेका वर्ग तथा समुदाय एकजुट नहुँदा वर्चस्ववादी मानसिकता भएकाहरूको हैकम समाप्त नहुने औंल्याए ।

नेपाल सम्वत ११४१ को अवसरमा नेवाः समाज रूपनगर जिल्ला कार्यसमिति सप्तरीद्वारा आयोजित कार्यक्रममा मन्त्री साहले मधेसी र जनजातिको पीडा समान भएकाले उत्पीडनविरुद्धको अभियानमा दुवै समुदायले सहकार्य गर्नुपर्ने उल्लेख गरे । उनले भने, ‘लोकतन्त्र र संघीयताका लागि दुवै समुदायको उल्लेख्य योगदान छ । त्यसैले

राज्यबाट प्राप्त गर्नुपर्ने अधिकार प्राप्तिका लागि पनि दुवै समुदायले हातेमालो गर्नुपर्छ ।’

कार्यक्रममा पुूर्वमन्त्री हेमराज तातेड, कञ्चनरूप नगरपालिकाका प्रमुख वसन्त मिश्र, पत्रकार भोला पासवानलगायतको उपस्थिति थियो ।

कार्यक्रममा मन्त्री साहले नेवार समुदायका ज्येष्ठ नागरिकको सम्मान पनि गरेका थिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!