अहिलेका

मधेस प्रदेशसभामा नीति तथा कार्यक्रम आज प्रस्तुत हुने

प्रशोधक समाचारदाता
जनकपुरधाम, २१ जेठ ।
मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/२०८० को नीति तथा कार्यक्रम आइतबार अपराह्न प्रदेशसभामा प्रस्तुत हुने भएको छ ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले आज बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जानकारी प्रदेशसभा सचिव रञ्जितकुमार यादवले दिएका छन् ।

सदनको बैठकमा नीति तथा कार्यक्रम वाचन गर्न प्रदेशसभा पुग्ने प्रदेश प्रमुख मिश्रको स्वागतका लागि प्रदेशसभा भवनअगाडि स्वागतद्वार बनाइएको छ भने प्रदेशसभा बैठक कक्षसमेत सिंगारिएको छ ।

बैठकमा विशेष आसनबाट सभालाईृ सम्बोधन गर्ने प्रदेश प्रमुख मिश्र र सभामुख सरोजकुमार यादव एउटै पंक्तिमा रहनेछन् ।

बैठक आरम्भ भएपछि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश प्रमुख मिश्रलाई नीति तथा कार्यक्रम हस्तान्तरण गर्नेछन् ।
सरकारको नीति तथा कार्यक्रम शनिबार बसेको मधेस प्रदेश मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ ।

नीति तथा कार्यक्रम आज नै बस्ने प्रदेशसभाको अर्को बैठकमा मुख्यमन्त्री राउतले टेबुल गर्नेछन् । प्रदेश प्रमुख मिश्रलार्ई सोही बैठकबाट धन्यवाद ज्ञापन गरिनेछ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!