अहिलेका


मन्त्रिपरिषदमा प्रधानन्याधीशका तर्फबाट हमाल !

काठमाडौं, २२ असोज ।
विवाद र आलोचनाका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटामा पनि एकजना संघीय मन्त्रिपरिषद्मा सामेल हुने भएका छन् ।

प्रधानन्यायाधीश जबराले गठबन्धन दलको संयुक्त सरकारमा भागबन्डा मागेको र उनलाई भाग दिइने समाचार बाहिरिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश जबराको कडा आलोचना भइरहेको छ ।

प्रधानन्यायाधीशको कोटामा गजेन्द्र हमाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बन्ने स्रोतले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष पठाएको मन्त्रीहरूका नामावलीमा हमालको पनि नाममा रहेको स्रोतको भनाइ छ ।

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!