अहिलेका


मन्त्रिमण्डलले शुक्रबार पूर्णता पाउदैँ

जनकपुरधाम, २१ असोज ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले शुक्रबार पूर्णता पाउने भएको छ ।

सम्भवतः मन्त्रिमण्डलले भोलि नै मात्रै पूर्णता पाउदैछ । सकेसम्म आजै मन्त्रिपरिषदलाई पूर्णता दिनेगरी तयारीमा जुटेका दलहरूको आन्तरिक तयारी नपुगेको भन्दै शुक्रबार नै पूर्णता दिने गठबन्धनमा सहमति भएको जनाइएको छ ।
बिहीबार सत्ता गठबन्धनका शीर्ष नेताहरुको निर्णायक छलफलमा मन्त्रिपरिषदलाई शुक्रबार पूर्णता दिने सहमति भएको कांग्रेस स्रोतले जनाएको छ ।

‘आन्तरिक तयारी नपुगेका भन्दै शुक्रबार मन्त्रिपरिषदले पूर्णता पाउने छ’, स्रोतले भन्यो, ‘सकेसम्म आजै पूर्णता दिने कुरा थियो, तर सकिएन ।’ सत्ता गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा छन् ।

राष्ट्रिय जनमोर्चाले सरकार बाहिरै बसेर गठबन्धनलाई सघाउने जनाइसकेको छ । गठबन्धनमा रहेका राजनीतिक दलहरुबीच मन्त्रालयको मोटामोटी भागबण्डा मिले पनि केही विषयमा अझै कुरा मिलाउन बाँकी रहेकाले बिहीबार गठबन्धनको निर्णायक बैठक थियो ।

बैठकमा केहीबेर बसेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टी बैठकमा सहभागी हुन बाहिरिएका छन् ।
अध्यक्ष नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक जारी छ ।
एकीकृत समाजवादीले एक राज्यमन्त्रीसहित ५ मन्त्री मात्रै पाउने गरी भागबण्डा गरिएपनि थप एक मन्त्री पाउनुपर्ने दावी गर्दै आएका छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!