अहिलेका


मन्त्री बन्नबाट रोकिएका प्रमोदको निष्कर्ष : नेतृत्व एकलजातीय भयो

शुक्रबार भएको मन्त्रिपरिषद विस्तार र कार्यविभाजनमा एकाबिहानैबाट मेरो नाम सञ्चारमाध्यममा आइरह्यो । वास्तवमा मैले नाम आउँछ भनेर सोचेको थिइनँ । तर, पार्टी पुनर्गठन र सशक्त बनाउने कुरामा मेरा भूमिका, सक्रियता र योगदानका कारण पार्टी शीर्ष नेतृत्वले सही मूल्यांकन गर्नुभयो भन्ने लागेको थियो । अझ् म मन्त्री बन्ने समाचारमाध्यमका समाचारबारे सामान्य जिज्ञासा राख्दा जसपा नेताका शीर्ष नेतृत्व र बालुवाटारका केही मित्रहरूले त्यस विषयलाई पुष्टि गर्नुभयो । विहानबाट सयकडौं नेताकार्यर्ता, शुभचिन्तक र समर्थकका साथै सर्वसाधारण जनताको फोन आयो बधाईका लागि । तर, मैले बधाई स्वीकार गर्दा एउटा कुरा पटकपटक भनेँ कि अहिलेसम्म आधिकारिक जानकारी मैले पाएको छैन तर पनि तपाईंहरुले दिएको बधाईका लागि धन्यवाद दिन्छु ।

आज अपराह्न तीन बजेतिर एक मित्रले सन्देश दिनुभयो कि पार्टीबाट मन्त्री बन्नेहरूको सूचीबाट तपाईंका नाम हटाएर अर्केका नाम सिफारिस हुँदैछ । एकछिन त मलाई विश्वास लागेन । तर पनि मैले के भएको हो भनी पार्टी अध्यक्ष माननीय उपेन्द्र यादवज्यूलाई फोन लगाएँ तर उहाँको फोन उठेन । अनि मलाई स्वाभाविक रूपमा कहीँकतै अनर्गल भएको भन्ने आशंका भयो ।

हाम्रो पार्टीका अध्यक्षद्वयज्यूले मन्त्रिीमण्डलमा समावेश हुनेहरूका नाम समावेशी सिद्धांतका अधारमा गर्नु पर्ने थियो । तर टुंगो लगाइँदा एकल जातीय सोच र व्यक्तिवादी चरित्र देखियो । यो प्रवृत्ति र कार्यशैली पार्टीका लागि क्षतिकारक भएको महसुस भइरहेको छ ।

एकछिन पछि अर्को एकजनाले फोन गरेर मन्त्रीका नाम परिवर्तित भएको जानकारी दिनुभयो । त्यसपश्चात्त एउटा अनलाइन समाचार पोर्टलमा बडो विश्वसनीय ढंगले मचाहिँ मन्त्री सूचीमा परिनँ भन्ने समाचार पढ्न पाएँ ।


यी सबै कुराहरुको जानकारी हुँदा पार्टीको मूल्यमान्यता, सिद्धान्त, मुद्दा, तथा वैचारिक बहसलाई सम्झिन थालेँ । पार्टीका मूल्यमान्यता, सिद्धांत र मुद्दा एकातिर र कामकारबाही अर्कोतिर जस्तो भएको महसुस भयो । पार्टीले देशमा रहेका पीडित जनताका साथै सबै जातजाति समुदाय (दलित,जनजाति,पिछडिएका समुदाय) हरूके लागि काम गर्ने भन्ठानेको थिएँ । त्यसै कारणले विगतमा यथास्थितिवादी सोच र चिन्तनमा रहेको पार्टी र समूह परित्याग गरेर यहाँ छजना सांसदसहित जनता समाजवादी पार्टी नेपालको मूलाधारमै समावेस भएँ ।

सर्लाही जिल्लाको अति नै विकट ठाउँ, जहाँबाट पार्टीको ठूल्ठूला नेतृत्वले समेत चुनाव लडन डराएँ । मेरो घर नै नभएका ठाउबाट त्यहाँका जनताको अगाध विश्वास, भरोसा र सहयोगबाट म चुनाव जितेर आएँ । त्यसमा मेरा समर्थक, शुभेच्छुक र आदरणीय मतदाताहरूको ठूलो हात थियो । पार्टी नेतृत्वले त्यो ठाउँबाट फेरि पनि चुनाव जित्नुपर्छ भनेर पहिला पनि सोचेन र अहिले पनि चुकेकै हो जस्तो लाग्यो । आज जसपाका नेतृत्वले मन्त्री छनोटका विधि र प्रक्रियाबाट पार्टीका मूल्य, मान्यता र सिद्धांतसँगै कार्यशैलीका बारेमा सन्देश दिनुपर्ने थियो । तर, दुभाग्य त्यसो भएन । नेतृत्वपंक्तिबाट जनाधार तथा पार्टीमा गरेका योगगदानको कदर गरिएन जस्तो अनुभूति भयो ।

ऋतिक प्रकरण, मधेश आन्दोलन र अहिलेसम्म परिवर्तनका लागि हुने सबैखाले आन्दोलनमा मैले पुर्याएको योगदान जनतासामु छर्लङ्ग छ । र, यो विषयलाई म नेतृत्वलाई स्मरण गराउन चाहेको छु । मैले जहिले पनि अन्याय, अत्याचार, दमन, शोषण र उत्पीडनका विरुद्धमा आवाज उठाउने गरको छु । आज पनि हाम्रो पार्टी नेतृत्वले गरेको निर्णय एकल जातीय अहंकार र दमन शोषणको नमुना रहेको ठहर गर्दछु ।

हाम्रो पार्टीका अध्यक्षद्वयज्यूले मन्त्रिीमण्डलमा समावेश हुनेहरूका नाम समावेशी सिद्धांतका अधारमा गर्नु पर्ने थियो । तर टुंगो लगाइँदा एकल जातीय सोच र व्यक्तिवादी चरित्र देखियो । यो प्रवृत्ति र कार्यशैली पार्टीका लागि क्षतिकारक भएको महसुस भइरहेको छ ।

म जनताको मन जितेर विकट ठाउमा जितेका हुँदा नेतृत्वले विचार गर्नुपर्ने थियो तर त्यस्तो गरेको जस्तो मलाई अनुभव भएन ।

जनताका मतादेशबाट म सांसद भएकाले म मन्त्री नभए पनि जनताको सेवकका रूपमा निरन्तर काम गरिरहनेछु र सधैँं जनता सेवामा लागिरहने छु भन्ने विश्वास जनसमुदायलाई दिलाउन चाहेको छु । मेरो मूल्यांकन गर्ने जिम्मा फेरि पनि न्यायप्रेमी जनतालाई नै छाड्छु ।
जय जनता ! जय मातृभुमी !! जय मधेश !!!
प्रमोद साह
सदस्य, प्रतिनिधिसभा


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!