अहिलेका


मन्त्री बन्न नपाउदाँ अध्यक्ष यादव विरुद्ध देखियो आक्रोश

जनकपुरधाम, २३ असोज ।

सत्तारुढ जनता समाजवादी पार्टी नेपालले आकांक्षीहरुलाई मन्त्री नबनाउदाँ अध्यक्ष उपेन्द्र यादव विरुद्ध सांसदहरुले आक्रोश पोखेका छन् ।

जसपा अध्यक्ष उपेन्द्र यादवलाई कालानाग संज्ञा दिदैँ सांसद प्रदीप यादवका समर्थकहरुले पुत्लादहन देखि कार्यालय सम्म तोडफोड गरेका छन् ।
मन्त्री बन्न नपाउदाँ सांसद देखि उपेन्द्र पुत्र अमरेन्द्र यादवसम्मले आ–आफ्ना असन्तुष्टि पोखेका छन् ।

बिरगंजमा पर्साको निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको आक्रोशमा उनकै दलका कार्यकर्ताको एक समुहले प्रदर्शन समेत गरेका छन् ।

सांसद यादवका कार्यकर्ता तथा समर्थकहरुले जसपा पार्टी कार्यालयको साइन बोर्ड समेत झिकेर आगो लगाएका छन् ।

त्यस्तै प्रतिनिधिसभा सदस्य प्रमोद साहलाई अध्यक्ष यादवले अन्तिमसमयमा आएर धोका दिएको भन्दै समाजिक सञ्जालमा नै असन्तुष्टी पोखका छन् ।

त्यस्तै अध्यक्ष उपेन्द्र यादवकै छोरा अमरेन्द्र यादवले समेत सामाजिक सञ्जालमा रेणु यादव र महेन्द्र राय यादवलाई मन्त्री बनाएको भन्दै व्यापक असन्तुष्टि पोखेका छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!