अहिलेका


मन्त्री यादव सहभागी काँग्रेस वडा अधिवेशनमा धक्कामुक्की

जनकपुरधाम, १ मंसिर ।
काँग्रेसका नेता एवम् भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवमाथि धनुषाको मुखियापट्टी मुसहरनियाँमा दुव्र्यवहार प्रयास भएको स्थानीय सञ्चारमाध्यहरूले दाबी गरेका छन् ।

फाइल फोटो

मुखियापट्टी मुसहरनियाँका वडा नं ५ र ६ मा काँग्रेसको वडाअधिवेशनक्रममा मन्त्री यादवले एकपक्षीय ढंगले आफूनजिकका कार्यकर्ताहरूलाई वडा समिति र क्षेत्रीय प्रतिनिधिमा ल्याउन खोजेको भन्दै विपक्षीहरूले उनीमाथि दुव्र्यवहार भएको जानकारी ती सञ्चारमाध्यहरूले दिएका छन् ।

मुखियापट्टी मुसहरनियाँ मन्त्री यादवको गृहगाउँ हो । काँग्रेस वडाअधिवेशनका लागि मन्त्री यादव सुरक्षाकर्मीबिना त्यस ठाउँमा पुगेका थिए ।

मन्त्री यादवका सल्लाहकार जीवनाथ चौधरीले भने मन्त्रीमाथि दुव्र्यवहार नभएर उनका भतिजासँग अर्को पक्षको धक्कामुक्की भएको दाबी गरे ।

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!