अहिलेका


मन्त्री शैलेन्द्र साह बनाइए प्रदेश २ सरकारका प्रवक्ता

जनकपुरधाम, २२ असोज ।

प्रदेश २ सरकारले अर्थमन्त्री शैलेन्द्रप्रसाद साहलाई सरकारका प्रवक्ता नियुक्त गरेको छ । शुक्रबार बसोको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री साहलाई सरकारको प्रवक्ता नियुक्त गर्ने निर्णय गरेको हो ।

जनता समाजवादी पार्टी(जसपा) नेपालका तर्फबाट प्रदेश २ सरकारमा सामेल मन्त्री साह प्रदेश सरकार गठन भएकै बेला भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका थिए । केही समयअघि उनलाई विभागीय दायित्व परिवर्तन गरी अर्थमन्त्री बनाइएको थियो ।

प्रदेश सरकारका कामकाजबारे जानकारी प्रवाह गर्ने र सरकारको प्रतिरक्षामा मन्त्री साह सबैभन्दा उपयुक्त हुने ठहर गरेर मन्त्रिपरिषद्ले उनलाई सरकारका प्रवक्ताको जिम्मेवारी दिइएको बताइएको छ ।
यसअघि सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चार मन्त्री रहँदै आएका थिए । तर, जसपा नेतृत्वको संयुक्त सरकारमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र सम्मिलित भएपछि सरकारको प्रवक्ता पदसम्बन्धी निर्णय गरिएको थिएन ।

मन्त्री साह विभिन्न आन्दोलन र विद्रोहबाट राजनीतिमा स्थापित भएका व्यक्ति हुन् । उनी कुशल संगठक हुनुका साथै प्रखर र तार्किक नेता पनि मानिन्छ ।

प्रदेश सरकारका कामकाजबारे जानकारी प्रवाह गर्ने र सरकारको प्रतिरक्षामा मन्त्री साह सबैभन्दा उपयुक्त हुने ठहर गरेर मन्त्रिपरिषद्ले उनलाई सरकारका प्रवक्ताको जिम्मेवारी दिइएको बताइएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!