अहिलेका


महन्थ र राजेन्द्र विदेशीले सिंगारपटार गरेर पठाएका मान्छे हुन् : प्रचण्ड

रामगोपालपुर(महोत्तरी), १ मंसिर ।

नेकपा माओवादी (केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का अध्यक्ष महन्थ ठाकुर र सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई विदेशीले सिंगारपटार गरेर पठाएको मान्छेको संज्ञा दिएका छन् ।

महोत्तरीको रामगोपालपुरमा बुधबार आयोजित सभामा अध्यक्ष प्रचण्डले केपी ओलीजस्ता मधेस र राष्ट्रविरोधी पक्षमा लागेर महन्थ ठाकुरहरू सरकारमा गएकाले मधेश विरोधी को हुन् भन्ने कुरा भन्न नपर्ने बताए ।

उनले एमाले अध्यक्ष ओली समूह मधेश र राष्ट्रविरोधी भएको अरोपसमेत लगाए ।

अध्यक्ष प्रचण्डले आफूले मधेसका जनतालाई सम्बोधन गर्ने गरी संविधान संशोधन प्रस्ताव लैजाँदा ओलीकै कारणले सफल हुन नसकेको दाबी गरे । ‘केपी ओली र एमाले गुट मधेस र राष्ट्रविरोधी हो,’ प्रचण्डले भने, ‘मैले संशोधन प्रस्ताव दर्ता गर्दा पारित हुन नदिने खलनायक केपी ओली थिए ।

अध्यक्ष प्रचण्डले माओवादीविरुद्ध मधेशमा भ्रम फैलाउन खोजिएको भन्दै अब त्यो टुटेको र प्रदेश २ मा माओवादी १ नम्बर पार्टी बन्ने ठोकुवा समेत दाबी ।

 

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!