जनकपुरधाम, २ कार्तिक ।
शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादवले नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ को स्वास्थ्य स्थितिबारे जानकारी लिएकी छन् । उनले थापाथलीस्थित नर्भिक अस्पताल पुगेर त्यहाँ उपचाररत वैद्यलाई भेटेकी हुन्।
मंगलबार बिहान वैद्यलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको यादवको सचिवालयले जनाएको छ। राज्यमन्त्री यादवले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अस्पताल प्रशासन र उनको उपचारमा संलग्न चिकित्सकलाई उपचारमा कुनै कमी नगर्नसमेत आग्रह गरिन्।
वैद्यको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकहरूले बताएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि महासचिव वैद्य गत आइतबार अस्पताल भर्ना भएका थिए। उनलाई दमलगायत समस्या देखिएको छ।
