अहिलेका


महोत्तरीमा टाटा सुमो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

जनकपुरधाम, १९ कात्तिक ।

महोत्तरीमा टाटा सुमो र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बर्दिवास नगरपालिका वडा नम्बर ३ स्थित कारेभोगटे पुल नजिकै बिहीबार राति बर्दिवासबाट सिन्धुलीतर्फ जाँदै गरेको ना १ ज ५७४७ नम्बरको टाटा सुमो र स १० प ३९९३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा मृत्यु भएका मोटरसाइकल चालक उदयपुरका त्रियुगा नगरपालिका वडा नम्बर ५ का सुन्धिर मिश्र रहेको महोत्तरी प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जनाए ।

motorbike accident

थप उपचारका लागि विराटनगरस्थित अस्पतालमा लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता विष्टले बताए ।

टाटा सुमो चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!