जनकपुरधाम, २७ कात्तिक ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको अस्वास्थ्यताका कारण आज महोत्तरी आउने कार्यक्रम स्थगित भएको जनाइएको छ ।
अध्यक्ष प्रचण्डको स्वास्थ्य अवस्थामा विग्रिएपछि पूर्व निर्धारित कार्यक्रम स्थगित भएको माओवादी केन्द्र प्रदेश २ का अध्यक्ष गणेश साहले जानकारी दिए ।
शनिबार महोत्तरीको रामगोपालपुर नगरपालिकामा ८ वटा आधारभुत स्वास्थ्य चौकी र एक कोभिड हस्पिलको संयुक्तरुपमा उद्घाटन तथा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।
अध्यक्ष प्रचण्ड नआउने भएपछि पूर्व निर्धारित कार्यक्रम स्थगित हुने वा नहुने विषयमा कुराकानी भइरहेको अध्यक्ष साहले बताए ।
