अहिलेका


महोत्सवमा तीन नाटक भए मञ्चित, ढल्केको सालैजो र इच्चे आज प्रदर्शन हुँदै

प्रशोधक समाचारदाता
जनकपुरधाम, २५ चैत ।
जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सवअन्तर्गत बिहीबार मिथिला नाट्यकला परिषद् जनकपुरधामको गाम नै सुतैए, द स्पटलाइट थिएटर दरभंगाको अभिशप्त देवव्रत र भंगिमा पटनाको शपथग्रहण प्रदर्शन भएका छन् ।

मैथिली भाषाका प्रख्यात साहित्यकार महेन्द्र मलंगिया लिखित गाम नै सुतैए नाटकमा तत्कालीन मिथिलाक ग्राम्य जीवन र सामाजिक परिस्थितिको सुक्ष्म तथा यथार्थवादी विश्लेषण छ ।

गाउँका दुई पुस्ताबीच सामाजिक तथा पारिवारिक दायित्वप्रति अत्यन्त भिन्न दृष्टिकोण बनिरहेका बेला युवा अपराधको चंगुलमा परेका र राजनीतिक वर्चस्वका लागि त्यस्ता युवा सहजै प्रयोग भइरहेको विषयवस्तु नाटकमा उधिनिएको छ ।

नाटकमा दुई प्रवृत्तिबीचको विवाद देखाइएको छ । नाटकमा शक्तिशाली समूहसँग सामना गरेर आम जनताको विजय हुने कुरा देखाइएको छ ।

जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सवअन्तर्गत बिहीबार मिथिला नाट्यकला परिषद् जनकपुरधामले प्रस्तुत गरेको नाटक गाम नै सुतैए को एक दृश्य ।

परमेश झाले निर्देशन गरेको यो नाटकमा सुनिल मिश्र, मदन ठाकुर, विष्णुकान्त मिश्र, रामनारायण ठाकुर, गंगाकान्त झा, रामकैलाश ठाकुर, परमेश झा, धीरज ठाकुर, रोहित साह, अनितारानी मण्डल, आलोक मिश्र, सुरेन्द्र राम, धरवेन्द्र झा, ज्योति झा, संगीता देव, माही तनबीर खान र राजेश सक्सेना कलाकार थिए ।

मञ्चको पाश्र्वमा गीत तथा संगीततर्फ सुनिल मल्लिक, ललित कापड, संगीता देव, नेपथ्य सहयोगमा आलोक मिश्र रहेका थिए ।
यसैगरी आन्तरिक द्वन्द्वबाट जन्मिएको परिस्थितिको सम्यक विश्लेषण हो । महाभारत युद्धमा न्यायपूर्ण कार्य नगरेको देवव्रतको पश्चाताप र स्वीकारोक्ति नाटकमा छ । युद्धको विध्वंशको जिम्मेवारी आफ्नो रहेको देवव्रतको बुझाइ पनि नाटकमा पस्किएको छ ।

जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सवअन्तर्गत बिहीबार द स्पटलाइट थिएटर दरभंगाले प्रस्तुत गरेको नाटक अभिशप्त देवव्रत को एक दृश्य ।

मुरारी मोहनद्वारा लिखित र निर्देशित यस नाटकमा मञ्चमा राजेश शर्मा, मोहित पाण्डेय, वारथि विशाल, आर्यन, विशाल, सागर सिँह, वन्दना झा, अमन कुमार, गौतम कृष्ण, अमित कुमार, सत्येन्द्रकुमार झा, उज्जवल राज, शालिनी झा, सिमरन, मोहन मुरारी, निखिल मिश्र र प्रशान्त राणा थिए ।

त्यस्तै प्रकाश व्ष्वस्थापन अंकुल प्रसादको थियो भने संगीतमा मोहन पाण्डेय र अमनले योगदान गरेका थिए । गीत सत्येन्द्रकुमार झाको थियो । दृश्य संयोजन र निर्देशन सहयोग सागर सिँहको रह्यो ।

रूपसज्जा सँस्कृति, पल्लवी, सत्यम, सुमित श्रीमको रहेको नाटकमा भेभभूषा विशाल, सिमरन र आर्यनको थियो । प्रशान्त राणाको सहायक निर्देशन रहेको नाटकमा मञ्च सामग्री व्यवस्थापन अमित, विशाल, सिमरन र आर्यनले गरेका थिए ।

महोत्सवक्रममा जनकपुर उद्योग वाणिज्य संघको सभाकक्षमा बिहीबार प्रदर्शन भएको अन्तिम नाटक थियो शपथग्रहण ।

जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सवअन्तर्गत बिहीबार भंगिमा पटनाको प्रस्तुति शपथग्रहणको एक दृश्य ।

नाटकमा विजयी प्राप्तिका लागि गरिने दाउपेच, घातप्रतिघात, प्रपञ्च–टकराव, सह–मात आदिको विद्रुप खेल देखाइएको छ ।
किशोर केशव निर्देशित यो नाटकमा अन्तेशकुमार झा, रुचि रानी, बैजु झा, रश्मि मिश्र, सोनुकुमारी चौधरी, निखिल रञ्जन, कपिल मल्लिक र विनोद मिश्र कलाकार थिए ।

नेपथ्यमा प्रस्तुति नियन्त्रकमा अन्तेशकुमार झा, सामग्री व्यवस्थापन सोनुकुमार चौधरी, भेषभूषा रुचि रानी, संगीत संयोजन बैजु झा, संगीत सञ्चालन रौनक झा, सेट्स डिजाइन आदर्श वैभव, सेट्स निर्माण रञ्जन ठाकुर, रुप सज्जा रवीन्द्रबिहारी राजु, प्रकाश अंकित झा र सहायक निर्देशन सुमित ठाकुर तथा रश्मि मिश्रको थियो ।

महोत्सवमा आज ढल्केको सालैजो र इच्चे प्रदर्शन हुँदैछन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!