अहिलेका


माइतीघर मण्डलाबाट मधेसी युवाले भने –‘अतिक्रमित भूमि फिर्ता देऊ चीन सरकार’

काठमाडौं, १२ असोज ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल निकट निकट युवा संघले छिमेकी चीनले नेपालको भूमि अतिक्रमण गरेको भन्दै मंगलबार काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्णृ विरोध गरेको छ ।

चिनियाँ विस्तारवाद नीतिका विरुद्ध संघ यसअघिदेखि नै आन्दोलनरत्त छ ।

नेपालका सात जिल्लाका ११ ठाँउमा र करिब ४०० वर्गकिलोमिटर नेपाली भूमि चीनले अतिक्रमण गरेकाले ती भूमि फिर्ता गर्न र हुम्लाको १२ नम्बरको पिलर पहिलाकै स्थानमा कायम गर्न विरोध गरिएको संघले जनाएको छ ।


चीनद्वारा अतिक्रमित भूमिका बारेमा अध्ययन गर्न नेपाल सरकारले गठन गरेको समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शनकारीहरूले नेपाली भूमि अतिक्रम गर्न पाइँदैन भन्ने मूल नाराका साथ मंगलबार विरोध प्रदर्शन गरिएको छ ।

प्रदर्शनकारीहरूले चीनमा पढिरहेका विद्यार्थीलाई चीन सरकारले इन्टर्नसिप नगराई स्वदेश पठाएकाले उसको नीति र नियतमा खोट रहेको आरोप लगाए । ती विद्यार्थीलाई अविलम्ब इन्टर्नसिप गराउने वातावरण मिलाउन समेत संघले आग्रह गरेको छ ।

चीनले आफूहरूको माग बेवास्ता गरे आन्दोलनले भयावह रूप लिने चेतावनी पनि प्रदर्शनकारीहरूले दिएका छन् ।

प्र्दर्शनको अगुवाइ युवा संघका अध्यक्ष मुकेश झा, विद्यार्थी नेता रन्जित निष्पक्ष, युवा अध्यक्ष रन्जित सिंह, आभा लाभ, प्रमेश साह, ज्ञानेन्द्र झा, रामजी रायलगायतले गरेका थिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!