अहिलेका


माओवादीद्वारा ‘एक व्यक्ति, एक पद’ अवधारणा लागू

जनकपुरधाम, २६ कात्तिक ।


नेकपा माओवादी केन्द्रले सबै कमिटीमा एक व्यक्ति एक पदको अवधारणा लागू गर्ने निर्णय गरेको जनाएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा शुक्रबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कमिटी वैठकले पार्टी विधानमा सामान्य संशोधनसमेत गर्दै यस्तो निर्णय गरेको हो ।
माओवादी केन्द्रको प्रदेश र पालिका कमिटीमा सात÷सात पदाधिकारी रहने भएको व्यवस्था गरिएको छ ।
त्यस्तै, वडा कमिटीमा पाँच पदाधिकारी र टोल कमिटीमा अध्यक्ष र सचिव गरी दुई पदाधिकारी रहने भएको छ । त्यस्तै सेल कमिटीमा सचिवमात्र राखिने भएको एक नेताले जानकारी दिए ।
पछिल्लो समय संगठन विस्तार तथा सुदृढीकरणलाई प्राथमिकता दिँदै माओवादी केन्द्रले सोही अनुसार जिम्मेवारी बाँडफाँडको व्यवस्थापन र जिम्मेवारी पाएकाहरुबाट प्रभावकारी परिणाम हासिल गराउन पार्टीले ‘एक व्यक्ति एक पद’ को अवधारणालाई लागू गरेको जनाइएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!