अहिलेका


माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर विजयी

८ पुस,
नेकपा माओवादी केन्द्र  प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ मिक्सो विजयी भएका छन् । मुक्साहाङ मेन्याङ्बोलाई पराजित गर्दै उनी विजयी भएका हुन् ।नेम्वाङले १६९ मत पाएका थिए । मेन्याङ्बोले ६४ मत पाए ।तीनजना उपाध्यक्षमा देवान चाम्लिङ १२००, शिवकुमार डाँगी ११३० र मणिकुमार साम्पाङ १११ विजयी भएका छन् ।एक जना सचिवमा गणेश उप्रेती सुशील विजयी भए । उनले १४८ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत ल्याए ।३ जना सहसचिवमा कुमारी राई ११४०, ऋषिराम ढुंगाना ९५० र सागर किराँती ७३० विजयी भएका छन् । कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी गगन विजयी भएका छन् ।९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए । मतदानमा १९ जना अनुपस्थित भए ।माओवादी केन्द्र प्रदेश १ को प्रथम अधिवेशनले पदाधिकारीको टुङ्गो लगाउन नसकेपछि सदस्य घोषणा मात्रै गरेको थियो । सहमतिको प्रयास असफल भएपछि बुधबार बेलुका निर्वाचन गरेको हो ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!