अहिलेका


माओवादी जनयुद्ध र मधेस विद्रोह दुवैका कारण परिवर्तन सम्भव : मन्त्री भरतप्रसाद साह(भिजुअल अन्तर्वार्तासहित)

जनकपुरधाम, ८ असोज ।
प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले राजतन्त्रको अन्त्य गर्न माओवादीको जनयुद्ध र संघीयता स्थापनामा मधेस विद्रोह कारक रहेको बताएका छन् । उनले ती दुवै विद्रोहका कारण मधेसी, आदिवासी, जनजाति, महिला, मुस्लिम र अल्पसँख्यकले अधिकार प्राप्त गर्ने बाटो प्रशस्त भएको उल्लेख गरे ।

प्रशोधक डटकमका लागि अनिलकुमार कर्णसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका मन्त्री साहले जनयुद्ध र मधेस विद्रोहमा आफूले कसैलाई कम वा बढी नआँकेको स्पस्ट गरे । उनले भने, ‘माओवादी जनयुद्धले सक्रिय राजतन्त्र र एकात्मक शासन प्रणालीको अन्त्यको आधार तयार गरेको हो ।’

माओवादीकै कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी व्यवस्था र कानुनी सर्वोच्चता कायम भएको दाबी गर्दै मन्त्री साहले संसदीय व्यवस्थामा सँख्या महत्वपूर्ण हुने हुँदा कुनै समयमा सहमति र सहकार्यका नाममा केही कुरा छाड्दा र केही कुरा प्राप्त गर्न खोज्दा संघीयताका सबालमा माओवादी चुकेको भ्रम अझै रहेको बताए ।

भरतप्रसाद साह, मन्त्री, आन्तरिक मामिला तथा सञ्चार, प्रदेश २

उनले जनयुद्धकालमा माओवादीले प्रदेश सरकारको अभ्यास गरिसकेको र त्यसका मुख्यमन्त्री मातृकाप्रसाद यादव, सभामुख प्रभु साह र आफू पनि मन्त्री रहेको स्मरण गर्दै मधेसको स्वशासन, स्वायत्तता, आत्मनिर्णयका अधिकार र पहिचानजस्ता सबाललाई माओवादीले उठान गरेको औंल्याए ।

उनले खसवादी चिन्तन र पहाडिया अहंकारवादको प्रतिबिम्बन अन्य दलभन्दा कम रहे पनि माओवादीमा समेत रहेको प्रस्ट्याउँदै पार्टी अध्यक्ष प्रचण्ड सदैव मधेसीलाई अधिकार सम्पन्न तुल्याउने कुरामा जोड दिँदै आएको बताए ।

४२ मिनेटसम्मको कुराकानीमा मन्त्री साहले पार्टी, दलहरूको केन्द्रीय गठबन्धन, प्रदेश सरकारका विषयमा कुराकानी गरेका छन् । कुराकानी सुन्न युट्युब र फेसबुकको निम्नलिखित लिंकमा जानुस् ।

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!