जनकपुरधाम ।
सत्तारुढ गठबन्धनका घटक दल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् पूर्वराज्यमन्त्री रामसिँह यादव नेकपा एमालेमा प्रवेश गर्दैछन् ।
गत संसदीय निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ बाट माओवादी–एमाले गठबन्धन उम्मेदवारका रूपमा प्रतिनिधिसभा सदस्यमा लडेका सिँहले अस्वाभाविक मत ल्याएका थिए ।
२०७४ सालको संसदीय निर्वाचनमा दुई हजार तीन सय ४६ मत ल्याएका सिँहका एमालेसहितको गठबन्धन मत तत्कालीन राष्ट्रिय जनता पार्टीका उम्मेदवार राजेन्द्र महतोले हात पारेको दाबी गरिएको थियो ।
