अहिलेका


माघ १२ मा राष्ट्रियसभा सदस्य निर्वाचन

काठमाडौं, मंसिर २ ।
मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन मिति तोकेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ १२ गते राष्ट्रियसभामा रिक्त रहेका १९ पदका लागि निर्वाचन गर्ने मिति तोकेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए ।

राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ । उनीहरूमध्ये एकजना राष्ट्रपतिबाट मनोनित हुन् भने १९ जना निर्वाचनबाट आउनेछन् ।

संविधानले राष्ट्रियसभा सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगावै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था गरेको छ । त्यहीअनुसार निर्वाचन आयोगका पदाधिकारीहरूले सरकारलाई माघको दोस्रो साताभित्र निर्वाचन गर्न प्रस्ताव गरेका थिए ।

सरकारले आयोगको प्रस्तावबमोजिम नै निर्वाचन मिति तोकेर आयोगलाई तयारी अघि बढाउन आग्रह गरेको छ ।

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!