अहिलेका


मातृभाषा मैथिली लेखाउन मन्त्री यादवको आह्वान

जनकपुरधाम, २९ कात्तिक ।
प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले अहिले देशमा जारी जनगणणामा मिथिलाक्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले आफ्नो मातृभाषा मैथिली लेखाउनका लागि आह्वान गरेका छन् ।

उनले एउटै भाषाका विभिन्न बोली हुने हुँदा मानक र ठेटक बीच भाषागत अन्तर नै रहेको अलमलमा नपरी मातृभाषा मैथिली नै लेखाउन आह्वान गरेका हुन् ।

सोमबार प्रशोधक डटकमसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रदेशसभा २ का नेतासमेत रहेका मन्त्री यादवले भारतका विभिन्न राज्यमा शब्द, शैली र वाक्यविन्यासकै दृष्टिले फरकफरक ढंगले हिन्दी बोलिए पनि भाषा हिन्दी नै रहेको उदाहरण दिँदै ‘पाँच कोश पर पानि बदलय, आठ कोश पर बानि’ भन्ने उक्तिले पनि एउटैे भाषा भौगोलिक कारणले फरक–फरक बोलीमा आउने प्रस्ट गरेको बताए ।

कुनै पनि भाषामा शास्त्रीय र लोक बोली रहने गरेको भन्दै उनले वैदिकभन्दा लौकिक परिपाटीबाटै मैथिली समृद्ध भएको स्मरण गरे ।

उनले बोली फरक हुँदा भाषा नै फरक गरेर जनणणामा अर्को भाषालाई मातृभाषाका रूपमा लेखाउन भइरहेको दुष्प्रयासमा नअल्झन समेत मैथिलीभाषीहरूलाई आग्रह गरेका छन् ।

मातृभाषा भनेको आमा र जननी भनिने आफ्नो धरतीको भाषा भएको अथ्र्याउँदै मन्त्री यादवले भाषिक सत्तालाई अभिव्यक्त गर्ने माध्यम लोककला, लोकगीत, लोकगाथा र लोकसंगीत आदि हुने र मिथिलाक्षेत्रमा मैथिली भाषाबाटै ती जम्मै कुरा प्रकट भइरहेकाले मातृभाषा मैथिलीलाई लिएर संशयमा नपर्न आग्रह गरे ।

उनले भने मिथिलाक्षेत्रका बासिन्दाको साँस्कृतिक स्वरूप र मनोविज्ञानलाई जीवन्त तुल्याउने मैथिली नै भएको उल्लेख गरे ।

मिथिलाको सम्बन्ध जनक र जानकीसँग रहेको र जानकीको अर्को नाम मैथिली भएकाले पनि मैथिली भाषा यसक्षेत्रको मातृभाषा रहेको मन्त्री यादवको भनाइ छ ।

कुनै पनि भाषामा शास्त्रीय र लोक बोली रहने गरेको भन्दै उनले वैदिकभन्दा लौकिक परिपाटीबाटै मैथिली समृद्ध भएको स्मरण गरे ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!