अहिलेका


माधवलाई ‘धोखा’ दिनेहरू पछुताउँदै, परेनन् कोही टोली नेतामा

जनकपुरधाम, ९ असोज ।

नेकपा एमालेको जारी केन्द्रीय समिति बैठकमा राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधन प्रस्तावमा छलफल गर्न बनाइएका दस टोलीमध्ये एउटाका पनि नेता माधवकुमार नेपाललाई छाडेर गएका नेता बनाइएका छैनन् ।

असोज १५ देखि १७ गतेसम्म पहिलो विधान महाधिवेशन गर्ने एमालेले अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि छलफल गर्न ती दसवटा टोली बनाइएका छन् । सबै टोलीका नेताहरू अध्यक्ष ओलीनिकटका नै छन् ।

केन्द्रीय समिति बैठकले प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, वागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा ,लुम्बिनीबाट दलबहादुर राना, कर्णालीबाट यामलाल कँडेल, सुदूरपश्चिमबाट कर्ण थापा, उपत्यका विशेषबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरूबाट खिमलाल भट्टराईले छलफलको निष्कर्ष सुनाउनेछन् ।

पार्टी केन्द्रीय समितिको शनिबार ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बसेको बैठकमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको छ ।

समूहगत छलफलको सुझावपछि अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलले जवाफ दिनेछन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!