अहिलेका


माधव कमरेडले डाके मन्त्रीहरूलाई

विजयकुमार
काठमाडौ, २४ असार ।
नेकपा.एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारमा सहभागी मन्त्रीहरूलाई सरकारका गतिविधि र मन्त्रालयका कामकाजमा सतर्कतापूर्ण निगरानी र जनसम्पर्कमा केन्द्रित भएर निर्देशन दिन आइतबार मन्त्रीहरूलाई पार्टी कार्यालयमा डाकेका छन् ।

सरकारका कामकाज पारदर्शी र जबाफदेही नभइरहेको तथा पार्टी नेताकार्यकर्तासँग समन्वय नभई हुने भएका विगतका अनुभवलाई दृष्टिगत गरेर अध्यक्ष नेपालले आइतबार विहान ११ बजे बानेश्वरको आलोकनगरस्थित पार्टी कार्यालयमा मन्त्रीहरूलाई बोलाएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिएका छन् ।

बैठकमा औपचारिक रूपमा जनपक्षीय भनिए पनि पार्टी नेताकार्यर्ताहरूका काम गर्न अध्यक्ष नेपालले मन्त्रीहरूसँग अन्तसर्वाद गर्नैछन् । ‘विगतमा पार्टी लाइनविपरीत आत्मकेन्द्रित र स्वार्थपूर्ण ढंगले काम गर्दा पार्टीहरूको लोकप्रितामा ह्रास आएको हो ।

त्यसैले नवगठित पाटीृको साख र विश्वसनीयता बढ्ने गरी अध्यक्ष कमरेडले मन्त्रीहरूलाई बोलाउनुभएको हो,’ पार्टीका एक शीर्ष नेताले भने ।

अध्यक्ष नेपालले शनिबार पार्टीबाट मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीलाई राम्रो काम गरेर देखाउन निर्देशन दिएका थिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!