काठमाडौं, ११ कात्तिक ।
गत २४ घन्टामा पाँच सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५५ नमुना परीक्षणमध्ये ५२७ पिसिआर र ६४ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
पछिल्लो २४ घण्टामा दुईजनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ३८२ पुगेको छ ।
मन्त्रालयका अनुसार थप ६६४ जना संक्रमणमुक्त भएका छन् ।
