अहिलेका


मिथिलाञ्चलमा जितिया पर्व आज देखि सुरु

जनकपुरधाम, ११ असोज
मिथिलाञ्चलको पवित्र पर्व ‘जितिया’ नहा–खा (नुहाएर खानु) गर्दै आजदेखि जितिया सुरु भएको छ । धार्मिक विधि अनुसार जितिया गर्ने महिलाहरुले आज एका विहानै नुहाएर खाने परम्परा छ ।
यसरी धार्मिक अनुष्ठान अनुसार जितिया पर्व सुरु भएको मानिन्छ । ब्रत बस्नुपूर्व आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा स्नान गरेकी हुन् ।

स्नानपछि ब्रतालु महिलाहरुले घिरौँलाको पातमा भगवान जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट र पिना प्रसादका रूपमा चढाइन्छ । आज चढाएको तेल आमाले सन्तानको शीरमा लगाएर दिर्घायूको कामना गर्ने गर्दछ ।

पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने परम्परा छ । यसलाई मैथिली भाषामा ‘माछ मरुवा’ भनिन्छ । आश्विन कृष्णपक्षको अष्टमीको दिन मनाइने यो ब्रत विशेष कठोरको रुपमा रहेको मानिन्छ ।

सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व रहेको छ । यस पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर हुन्छ । पितृपक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिवङ्गत पितृलाई पिण्ड चढाउँछिन् ।
मिथिलाञ्चल क्षेत्रमा मनाइने ब्रतमध्ये जितिया पर्वलाई पवित्र र कठोर ब्रतको रूपमा छ ।

उपवास बसेका दिन आमाले मुखमा थुक निल्न, खकार वा जिब्रो टोकेमा ब्रत असफल भएको मानिन्छ । र ब्रत असफल भएमा यसको नकारात्मक असर पर्ने बुझाई आमजनमा छ । त्यसैले पनि जितिया पर्वलाई कठोर पर्व पनि भनिन्छ । असफल भएकी ब्रतालुले आजीवन ब्रत बस्न नपाउने नियम रहेको छ । सो पर्व पर्सि सवा ५ बजेपछि सम्पन्न हुनेछ ।

राजा शालिवहानको राज्यमा एउटी आमाकी सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएको र छोरा दीर्घ सम्म बाच्ने भएकाले आमालहरुले त्यस दिनदेखि शालिवहानलाई ‘जिमतुवाहन’ नामाकरण गरी राजाको सम्झनामा उपवास बस्न थालिएको हो । यो ब्रत पौराणिककाल देखि चल्दै आएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!