अहिलेका


मुख्यमन्त्री कार्यालयमा पस्यो अख्तियार !

जनकपुरधाम, १३ असोज ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को जनकपुरधामस्थित कार्यालयमा छापा मारेको छ ।

प्रदेश सरकारको अत्यन्त महत्वपूर्ण तथा महत्वकांक्षी कार्यक्रम मानिएको बेटी बचाउ, बेटी पढाउ अभियान कार्यक्रमअन्तर्गत कक्षा ८ मा अध्ययनरत्त छात्रालाई वितरण गरिएको साईकल खरिदमा अनियमितता भएको उजुरीको आधारमा अख्यिारले मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो ।

बेटी बचाउ बेटी पढाउ अभियान कार्यक्रम मुख्यमन्त्री कार्यालयबाटै संचालित हुदैँ आएको छ । अख्तियारले छापा मारेको प्रदेश २ को मुख्यमन्त्री कार्यालयले ७ वटै प्रदेश मध्ये पहिलो हो ।

अख्तियारले अचानक छापा मारेपछि मुख्यमन्त्री कार्यालयका वरिष्ठ अधिकारीहरु, मुख्यमन्त्रीका स्वकीय सचिवालयका कर्मचारीहरु भयंकर त्रास छाएको छ ।
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जितेन्द्र कुमार यादवले प्रशोधक डटकमको मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा मारेको हो भने प्रश्न नटुंगिँदै उनीसँगको मोबाइल फोन सम्पर्कविच्छेद भएको छ ।

प्रदेश सरकारका प्रमुख सचिव हरिप्रसाद मैनालीले आफू अत्यन्त आकस्मिक तथा गम्भीर बैठकमा रहेको भन्दै प्रशोधक डटकमसंग थप कुरा गर्न मानेनन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा साइकल खरिदसम्बन्धी अनियमितताका बारेमा अनुसन्धान गर्न अख्तियारको बर्दिबासस्थित टोली खटिएको जानकारी दिए ।

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!