अहिलेका


मुख्यमन्त्री कार्यालय सुकुम्बासीले घेरे

जनकपुरधाम, १९ असोज ।

सुकुम्बासीहरुको जग्गाको लालपुर्जा गैरसुकुम्बासीले लालपुर्जा पाएको भन्दै मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिएका छन् ।

मंगलबार जनकपुरधाममा प्रदेश २ को मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिदैँ सुकुम्बासीहरुले आफ्नो जग्गा उपलब्ध गराई दिन भन्दै प्रदेश सरकारसंग माग गरेका छन् ।

२०५४ साल देखि हालसम्म सुकुम्बासी आयोगद्वारा सुकुम्बासीलाई वितरण गरिएको जग्गाको लालपूर्जा गैर सुकुम्बासीको नाम रहेका जग्गाको लालपुर्जा बदर गरी सक्कली सुकुम्बासीलाई दिन माग गरेका छन् ।

चुरे तथा वन जंगल संररक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवले सरकारले सुकुम्बासीलाई दिएको जग्गाको लालपुर्जा गैर सुकुम्बासीले पाएको भन्दै सो जग्गा तत्काल सुकुम्बासीलाई फर्काउनुपर्ने बताए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!