अहिलेका


मुख्यमन्त्री राउतको बचाउमा मसाल जुलुस प्रदर्सन

जनकपुर, असोज १६

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मारेको विरोधमा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपालले मशाल जुलुश निकालेको छ ।

शनिबार जनकपुरधाममा अख्तियार माथि आरोप लगाउदै छापामार शैलीको बिरोध गरेको जनाउँदै आज साझमा जसपा नेपाल धनुषाले नगर परिक्रमा गर्दै मसाल जुलुस निकालेको हो ।

प्रदेश सरकारलाई बदनाम गरेर संघीयता समाप्त पार्ने षड्यन्त्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लागेको भन्दै आन्दोलनको घोषणा अनुसार शनिबार मसाल जुलुस प्रदर्शन गरेको हो ।
प्रदेश २ का ८ वटै जिल्लाको सदरमुकाममा जसपाले अख्तियार विरुद्ध मशाल जुलुश प्रदर्शन गरेको छ ।

बेटी बचाउ बेटी पढाउ अभियान अन्तर्गत खरिद गरिएको साइकलमा भ्रष्टाचार भएको उजुरीको आधारमा अख्तियार आयोगको टोलीले बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारी विभिन्न फाइलहरु समेत नियन्त्रणमा लिएका थिए ।

आइतबार पनि जसपाले बृहत प्रदर्शनको तयारी गरेको बताइएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!