जनकपुरधाम, १७ कात्तिक ।
मुख्यमन्त्री लालबाबु राउतले हिन्दुहरूको महान पर्व शुभ दीपावली तथा छठ पर्व २०७८ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री राउतले बुधबार एक शुभकामना सन्देश जारी गर्दे सम्पूर्ण नेपालीमा सुख समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् ।
उनले यस पर्वले सबैको मुहारमा उज्यालोपन ल्याउनुका साथै सामाजिक सद्भाव र सहिष्णुतालाई अझ सुदृढ बनाउदै प्रदेशलाई आर्थिक समृद्धिको बाटोमा लग्न प्रेरणा प्रदान गरोस भनि कामना समेत गरेका छन् ।
विश्व भरि फैलिएको कोरोना महामारीका कारण गम्भीर स्वास्थ्य संकट उत्पन्न भएको वर्तमान परिस्थितिमा स्वास्थ्य सुरक्षाको विधिहरू अपनाई दिपावली तथा छठ पर्व मनाउन मुख्यमन्त्री राउतले सम्पूर्ण प्रदेशवासीमा अपील गरेका छन् ।
