अहिलेका


मुख्यमन्त्री राउतले सहजै विश्वास मत लिँदै, प्रतिपक्षीहरूले संसद् अवरोध गर्ने

किसन साह
जनकपुरधाम, १९ असोज ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मंगलबार सहज रूपमै विश्वासको मत प्राप्त गर्ने भएका छन् । प्रदेशसभा २ मा जनता समाजवादी पार्टी नेपालको दलका नेता समेत रहेका राउतले सत्ता साझेदार दलहरूका प्रदेशसभा सदस्य सँख्याका भरमा सजिलै विश्वासको मत प्राप्त गर्ने भएका हुन् ।

मुख्यमन्त्री राउतले संविधानको धारा १८८ को २ अनुसार मंगलबार विश्वासको मत लिन संसद् बैठक बोलाइएको हो । एउकतिहाइ सांसदले हस्ताक्षर गरेर संसद्को विशेष अधिवेशन बोलाउन सकिने आह्वान मुख्यमन्त्रीले विश्वासको मत लिँदा आकर्षित नहुने हुँदा यो संसद्को नियमित अधिवेशन बोलाइएको हो ।

प्रदेशसभामा कायम रहेका एक एक सय चार सदस्य सँख्या सरकारको नेतृत्व गर्ने जनता समाजवादी पार्टी नेपालका ३८, सत्ताका घटकहरू काँग्रेसका १९ र नेकपा माओवादी केन्द्रका ८ तथा सत्तामा जान प्रतक्षिारत्त दल नेकपा(एकीकृत समाजवादी) का १३ गरी ७८ जना सदस्यको सुविधाजनक मत मुख्यमन्त्री राउतका पक्षमा आउने प्रायः निश्चित छ ।

मुख्यमन्त्रीको दल विभाजन भएमा वा सरकारमा सहभागी दल समर्थन फिर्ता भएमा मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वास मत लिनुपर्ने प्रावधान छ । मुख्यमन्त्री राउतको पार्टी विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठन भएको छ । त्यसलै मुख्यमन्त्री राउतलाई विश्वासको मत लिने संवैधानिक बाध्यता छ ।

प्रदेशका अर्थमन्त्री शैेलेन्द्रप्रसाद साहले मुख्यमन्त्री राउतले सहज तरिकाले विश्वास मत हासिल गर्ने बताए ।

प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन्द्र सोनलले राउत सरकार अवैधानिक भएको दाबी गरेका छन् ।

उनले जसपा नेपालबाट छुट्टिएर लोसपा नेपालले भदौ ९ गते नै निर्वाचन आयोगबाट राजनीतिक दलको मान्यता पाएकाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान उल्लंघन भएको हुँदा बीचको अवधिमा अवैधानिक सरकारले काम गरेको टिप्पणी गरे । उनले भने, ‘कानुनविज्ञहरूसँग परामर्श भइरहेको छ । यस विषयमा कसरी टुंगो लगाउने भन्ने तय हुन्छ ।’

नेता सोनलले मंगलबार विश्वासको मत लिनेक्रममा संसद् अवरुद्ध गर्ने चेतावनी दिए । प्रदेशसभाका प्रतिपक्षी दल नेकपा एमालेले पार्टी विभाजनका लागि संघीय सरकारले अभ्यादेश ल्याएको, सरकार गठनका लागि अदालत प्रयोग गरेको र जानकी मन्दिरको गरिमाविरुद्ध प्रदेश सरकारले काम गरेकाले मुख्यमन्त्रीले विश्वासको मत लिनेक्रममा विपक्षमा मतदान गर्ने जनाएको छ ।

मुख्यमन्त्रीलाई विश्वासको मत लिन प्रदेशसभामा कायम सदस्य संख्याको ५० प्रतिशत अर्थात् ५३ मत आवश्यक छ । जनता समाजवादी पार्टी नेपाल विभाजन भएपछि कुनै पनि पक्षमा सनाखत नगरेका सभामुख सरोजकुमार यादव जसपा नेपालकै सदस्यमा गणणा भए पनि मंगलबार सभा सञ्चालनबाहेक उनको भूमिका हुने छैेन ।

सत्ता गठबन्धन संरचना र सदस्य संख्याका आधारमा सरकारका पक्षमा बहुमत रहेकाले उनले निर्णायक मत दिनुपर्ने अवस्था आउँदैन । कुनै पनि प्रस्तावमा बराबर मत भएमा मात्र सभामुखले निर्णायक मत दिने संवैधानिक व्यवस्था छ ।

प्रदेशका अर्थमन्त्री शैेलेन्द्रप्रसाद साहले मुख्यमन्त्री राउतले सहज तरिकाले विश्वास मत हासिल गर्ने बताए ।

संसदमा विश्वासको मत प्रस्तुत भएमा संघीय संसद्को परम्पराअनुसार सभामुखले तनावका बीच मत विभाजन गराएर निर्णय गर्न सक्नेछन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!