अहिलेका


मुख्यमन्त्री राउतद्वारा रौतहटमा ४ योजनाको शिलान्यास

जनकपुरधाम, कात्तिक १६ ।

मुख्य मन्त्री लालबावु राउत ले रौतहट जिल्लाको वौद्धिमाई नपामा एकै दिन ४ वटा योजना को शिलान्यास गरेका छन् ।

प्रदेश सरकार को लगानी मा निर्माण हुने योजना हरु को शिलान्यास को लागि रौतहट पुग्नु भएको मुख्यमन्त्री लालबाबु राउतले हिन्दु परम्परा अनुसार शिलान्यास गरेका हुन् ।

शिलान्यास गरिएको योजनाहरुमा वौद्धिमाई नगरपालिका र मौलापुर जोड्ने मुख्य सडकको श्री अज्गैवी स्थित पुल, प्रदेश –सरकार द्वारा प्रत्येक निर्वाचन क्षेत्रमा निर्माण हुने पाँच किलो मिटर पक्की सडक निर्माण अन्तर्गत बौद्धिमाई नगरपालिका वडा नम्बर ५ गण्डक नहर देखी ग्वाली चौक हुँदै इनर्बा मटिअर्वा सम्मको सडक खण्ड , वौद्धिमाई नपा–४ इनरवारीस्थित शंकर स्थान पोखरी को सौन्दर्यकरण र इनरवारी मै धर्मशाला निर्माण रहेको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!