जनकपुरधाम, १४ मंसिर ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम दलितलगायतका पिछडिएका समुदायलाई शिक्षामा जोड दिन आग्रह गरेका छन् ।
महोत्तरीको पिपरा गाउँपालिकास्थित सहोडबामा आयोजित भेटघाट कार्यक्रममा मुख्यमन्त्री राउतले शिक्षामा पछि परेका मुस्लिम दलित लगायतका समुदायले शिक्षामा जोड नदिएसम्म प्रदेशको विकास सम्भव नरहेको बताए ।
पिछडिएका समुदायलाई शिक्षामा अगाडि बढाउन प्रदेश सरकारले विभिन्न योजना ल्याएको उल्लेख गर्दै उनले ती योजनाका लाभ लिन सर्वसाधारणलाई आग्रहसमेत गरे ।
सडोहवाका वडाध्यक्ष शम्भु यादवको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व केन्द्रीय कृषिमन्त्री एवं जसपाका केन्द्रीय सदस्य हरिनारायण यादव, प्रदेश कमिटी सदस्य मोजिम राइन, रामजानकी यादवसहितका नेताहरूको उपस्थित थिए ।
