अहिलेका


मूर्ति मुनि थिचिएर एक युवाको मृत्यु

जलेश्वर, ३१ असोज ।

महोत्तरीमा मूर्ति मुनि थिचिएर एक यूवाको मृत्यू भएको छ ।

पोखरीमा मूर्ति सेलाउने क्रममा जलेश्वर नगरपालिका वडा नम्बर २ बस्ने १८ वर्षिय सुमित साहको डुबेर मृत्यु भएको हो ।

शनिबार मूर्ति विसर्जन गर्न गएका सुमित साँझसम्म पनि घर नफर्केपछि परिवारजनले खोजी कार्य सुरु गरेका थिए । पोखरीमै डुबेको हुन सक्ने आशंकाबीच आइतबार उनको शव जलेश्वरस्थित भार्गवसर पोखरीमा फेला परेको महोत्तरी प्रहरीले जनाएको छ ।

उनले मादक पदार्थ सेवन गरेको र मूर्ति विसर्जन समयमा मूर्ति मुनि नै थिचिएर डुबेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

अहिले उनको शव पोस्टमार्टमका लागि जलेश्वर स्थित अस्पतालमा राखिएको छ ।
थप अनुसन्धान भईरहेको र पोस्टमार्टम आइसकेपछि स्पष्ट हुने महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!