अहिलेका


मेयर मण्डलले गरे सामुदायिक भवन शिलान्यास

मटिहानी(महोत्तरी), १३ पुस ।

मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल प्रखर, प्रतिभाशाली र कर्मठ छन् । पत्रकारिता पृष्ठभूमिका उनले कुनै पनि विषयमा त्वरित निर्णय गर्छन् र ती निर्णयलाई कुशलतापूर्वक कार्यान्वयन गर्ने क्षमता पनि राख्छन् ।

एकपछि एक विकास आयोजनालाई मूर्त रूप दिँदै मटिहानी नगरपालिकाको मुहार परिवर्तन गरिरहेका प्रमुख मण्डलले फरक राजनीतिक दलका नेताकार्यकर्ता, सामाजिक अभियन्ता र समाजसेवीसँग समन्वय तथा सहकार्य गरेर नयाँनयाँ काम गरिरहेका छन् ।

उनले मंगलबार मटिहानी– ८ हनुमान मन्दिरको पूर्वपट्टि रहेको जग्गामा करिब २१ लाखको लागतमा सामुदायिक भवन निर्माण कार्यको थालनी गराएका छन् । सामुदायिक भवनको शिलान्यास प्रमुख मण्डल, हनुमान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं मानकी होटल जनकपुरका सञ्चालक निरञ्जनप्रसाद साह र मटिहानी नगरपालिका वड़ा नं. ८ का अध्यक्ष गणेशप्रसाद साहले संयुक्त रूपमा गरेका छन् ।

कार्यक्रममा नगरप्रमुख साहले बहुपयोगी सामुदायिक भवनको निर्माणबाट मटिहानीवासीको परनिर्भरता घट्ने बताए । उनले धार्मिक, ऐतिहासिक, साँस्कृतिक र सामाजिक रूपमा समृद्ध अतीत भएको मटिहानीको गौरव पुनस्र्थापनाका लागि आतिथ्य प्रदान गर्ने भवन तथा कक्षहरूको आवश्यक्ता रहेका बेला शिलान्यास गरिएको सामुदायिक भवनले मटिहानीको स्वरूप परिवर्तन गर्ने विश्वास व्यक्त गरे ।

समाजसेवी निरञ्जनले मन्दिर तथा सामुदायिक भवन आदिका निर्माण धार्मिक र सामाजिक कर्तव्यका रूपमा रहँदै आएकाले यस्ता कार्यमा सबै पक्ष जुट्नुपर्ने उल्लेख गरे ।

शिलान्यास कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य विजयकुमार साह, महोत्तरी वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद गुप्ता, नागेश्वर गुप्ता, राकेश गुप्ता, कार्यपालिका सदस्य सुनकेशी चौधरी, विजय साह, लक्ष्मण गुप्ता, पूर्वशिक्षक योगेन्द्रप्रसाद साह, राजकिशोर साह, पवन साहलगायत उपस्थित थिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!