अहिलेका


मैथिलीमै भुइँकाठ–‘रुकू, सरसफाइ भरहल छै’

जनकपुरधाम, १० असोज ।

यतिबेला राष्ट्रिय जनगणणा भइरहेको छ । मातृभाषीहरूले राजनीतिक संकीर्णता र सामुदायिक पूर्वाग्रह परित्याग गरेर आफ्नो सही मातृभाषा लेखाउन आह्वान गरिरहेका छन् । खासगरी अनाहक द्वन्द्व र विरोधाभाषमा पारिएको मैथिली भाषासँग मातृभाषीको सँख्या प्रतिशत कम हुने संकट छ ।

मैथिलीकै अर्को बोलीलाई फरक भाषाका रूपमा दाबी गर्दै आएका एउटा समूहले मातृभाषामा तिनै भाषा सूचीकृत गराउन दबाब सिर्जना गरिरहेका बेला जनकपुरधामको एउटा निजी अस्पतालमा मैथिली भाषामा सन्देश दिने भुइँकाठ राखेको छ ।


जनकपुरधामको संकटमोचन क्षेत्रस्थित काव्या अस्पतालले मैथिली भाषामा ‘रुकु, सफाई भ रहल छै’ उल्लिखित भुइँकाठ अस्पताल परिसरमा राख्ने गरेको छ ।

सरसफाइको दृष्टिले जनकपुरधामकै नमुना अस्पताल मानिएको काव्यामा मैथिली भाषामा सन्देश दिने काम सेवाग्राहीले सजिलै बुझ्ने उद्देश्यले गरिएको हो ।

अस्पतालका सञ्चालक डा. एसके सिँहले अँग्रेजी र नेपाली भाषाभन्दा पनि मैथिलीमै सन्देश तथा सूचना ग्रहण गर्न यसक्षेत्रका जनतालाई सजिलो हुनेहुँदा मैथिली भाषामा सन्देश सम्प्रेषणको अभ्यास थालिएको बताए ।

काव्या अस्पतालको सो प्रयासलाई सबैले सराहना गरेका छन् । जनकपुरधामका सुशासन अभियन्ता श्याम गिरीले मातृभाषामा सन्देश दिने यस्तो कार्यको सबै सरकारी कार्यालयहरूले अनुकरण गर्नुपर्ने बताए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!