अहिलेका


मोटरसाइकल दुर्घटना हुँदा धनुषामा एकको मृत्यु

ढल्केवर, २५ कात्तिक । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित ढल्केवर– जनकपुर सडक खण्डमा एकआपसमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ । ढल्केवरबाट जनकपुरतर्फ गइरहेको ज ९ प २३५५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट तीनजना सवार प्रदेश २–०१–००१ प ४८५८ नम्बरको मोटरसाइकल बुधबार राति १० बजे एकआपसमा ठोक्किएका थिए ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको क्षतिग्रस्त मोटरसाइकल । तस्बिर : विजय

ठक्करबाट मुत्यु हुनेमा प्रदेश २–०१–००१ प ४८५८ नम्बरको मोटरसाइकलका चालक रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले बताए । उनले मृतक चालकको नामथर र ठेगाना तत्काल खुल्न नसकेको बताउँदै उनको प्रादेशिक अस्पतालमा उपचारक्रममा मृत्यु भएको जानकारी दिए । गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि अस्पताल पु¥याइएको थियो ।

यता, जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको ज ९ प २३५५ नम्बरको मोटरसाइकलमा सवार तीनजना घाइते भएका छन् । घाइते हुनेहरूमा सिरहाको मिर्चैया नगरपालिका ६ बस्ने अमित साह, रोशन महतो र राज साह छन् । तीमध्ये गम्भीर चोटपटक लागेका अमितको विराटनगरस्थित नोबेल मेडिकलमा उपचार भइरहेको छ भने सामान्य घाइते रहेका अन्य दुईको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरी निरीक्षक सुनारले बताए ।

ठक्करबाट दुबै मोटरसाइकल क्षतविक्षत भएका छन् । ती दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा राखेको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!