अहिलेका


मोबाइल फोनले लियो एक ज्यान

तनहुँ, २५ कात्तिक ।
मोबाइल फोन प्रयोगविधि र चार्ज गर्ने प्रक्रियाप्रति सावधानी नपनाउँदा दुर्घटनाका खबरहरू आइरहेका हुन्छन् । जसमा ब्याट्री पग्लिएर मोबाइल फोन नै क्षतिग्रस्त हुनेदेखि लिएर मोबाइल फोन बिस्फोट हुँदा घाइते भएका समाचार पनि हुन्छन् ।

गत राति तनहुँमा चार्जमा रहेको मोबाइल फोन चलाउँदा करेन्ट लागी एक युवकको हृदयविदारक मृत्यु भएको छ । मृत्यु हुने युवक तनहु नगरपालिका–३ दुरुचुङका हुन् ।
चार्जमा राखेर मोबाइल चलाइरहेका बेला एक्कासि हाइभोल्टेज आउँदा करेन्ट लागेर २७ वर्षीय चित्रबहादुर राना मगरको मृत्यु भएको हो ।

घटना बिहीबार बिहान भएको हो । तर घटनाबारे भने बिहान ७ बजेतिर मात्र जानकारी भएको थियो ।

त्यसलगत्तै उपचारका लागि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र झरौटामा ल्याइएका मगरलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

सोही लाइनको करेन्ट लागेर मृतकका काका दलबहादुर राना र २४ वर्षीया गर्भवती महिला सोममाया थापा मगरसमेत घाइते भएका छन् । उनीहरूको जिपी कोइराला अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ । दलबहादुरको हातमा र सोममायालाई खुट्टामा करेन्ट लागेको थियो ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!