-नितु मिश्र
म नेपालको तराई क्षेत्रबाट छु।
मेरो देश नेपाल जहाँ म जन्मे तर नि मेरो आर्को पहिचान मधेसी भन्ने हो।
मेरो मात्री भाषा मैथिली हो जो हामी घरमा बोल्ने गर्छौ। मेरो बाल्यकाल तराईको एउटा सानो सहरमा बित्यो जहाँ मलाई नेपाली बोल्न आउथ्यो तर टोन मैथिली।
कक्षा १२ पश्चात् म मेरो देश्को राजधानी काठमाडौं आये अगाडिको शिक्षा आर्जन गर्न, कलेज जादा डर जस्तो लाग्थ्यो कि कतै बोल्न आएन भने साथिहरु जिस्काउछन कि !
तराईमा भन्ने गरेका र सुनेको नि थिए, पहाड्का मान्छेले हामीलाई धोती, मधेशि ,मर्स्या भनेर बोलाउछ्न र बिल्ला गर्छ्न। त्यो त सुनेको कुरा भयो तर देखेको के थिये भने हाम्रा तिर नि पहि अशिक्षित र छोटो सोचकाले पहरिया भनेर बोलाउने गर्छ्न। तर मलाई कहिले आफुलाइ हेपेको मह्शुस भयेन। म अध्यन गर्ने ठाउमा एउटा म मात्र थिये तराइ तिर को मधेशिनी ।
अझै याद छ मलाइ एकजनाले यस्लाइ त नेपाली नि राम्रोसँग बोल्न आउदैन भन्यो अनि अर्को साथिले फर्कायो, केही छैन बिस्तारै सिकछ नि। र आज मलाई मेरो नेपाली पहिला भन्दा अलि राम्रो भयेको जस्तो लाग्यो ।
मधेशिनी कुनै गाली होइन। यो एउटा पहिचान हो ।
जस्ले हाम्रो बोली संस्कृति र हामी गन्तव्यलाई दर्साउछ। नेपालमा ४ वर्ण र ३६ जात रहेकाछन जसमा मधेश ९तराइ० नि पर्द्छ। केही अशिक्षित शासक र हामी बिच रहेका मुर्खहरुले गर्दा यो विभेद पैदा भा हो।
यस्लाइ हामिले नै हटाउन सक्नु पर्छ। मेरो पहिचान मलाइ थाह हुनुपर्छ र मलाइ नेपाली मधेशिनी हुनमा गर्व छ। मेरो भाषा शैली संस्कृति अलि फरक छ। तर मेरो पहिचान नेपाली हो।
तराई , पहाड र हिमाल मिलेर यो देशको निर्वाण भएको हो। एक अर्कालाई हेप्ने , बोली भाषाको खिल्ली उडाउने बन्द गरौं। भातृत्को सम्बन्ध राखेर हिड्यौ भने बाह्य नकारात्मक उर्जा लाई हराउन कसैको मद्दत को आवश्यकता पर्दैन।
आज जुन बाह्य शक्तिहरु हाबी हुन खोजिरहेको छ। त्यो एउटा कारण यो नि हो।
जबसम्म हामी आफू भित्र रहेको जातिवाद आक्रोशलाई भित्र देखि हटाउदैनौ तब सम्न हामी माथी अरुले शासन गरिरह्ने छ।
र सामाज परिवर्तन हुन अझै समय लाग्ने छ। धोती र टोपी मिलेर बनेको हाम्रो देश नेपाल। धोती बिना टोपी अधुरो , टोपी बिना धोती । हाम्रो एउटै पहिचान हामी नेपाली हाम्रो नेपाल। टोपी सान हो भन्ने धोती सम्मान।
