अहिलेका


म विमलेन्द्र निधि गुट छाडेको छुइनँ : जीवनाथ चौधरी

जनकपुरधाम, १९ असोज ।
प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवका सललाहकार जीवनाथ चौधरीले आफू मन्त्रीका अवैतनिक र कुनै पनि सुविधा नलिने गरी सल्लाहकार नियुक्त भएको बताएका छन् ।

प्रशोधक टक विद् अनिल कार्यक्रममा उनले मन्त्री यादवसँग आफ्ना २५ वर्षदेखिको परिचय तथा सम्बन्ध रहेको जानकारी दिँदै चौधरीले मन्त्री यादवले पार्टीका नेताहरूसँगै सल्लाह गरेर आफूलाई नियुक्त गरेको दाबी गरे ।

उनले मन्त्रालयका कामकाज गर्दा आफूले सरकारी गाडी प्रयोग गर्ने गरेको र मन्त्रीले अत्यावश्यक सल्लाह माग गर्दा फाइल अध्ययन गर्ने गरेको उल्लेख गरे ।

प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री यादव प्रदेश २ सभामा नेपाली काँग्रेसका नेतासमेत हुन् । यादवकै नेतृत्वमा नेपाली काँग्रेस जनता समाजवादी पार्टी नेपाल नेतृत्वको प्रदेश सरकारमा सहभागी भएको हो ।

 

कार्यक्रममा चौधरीले आफू वर्षौंदेखि काँग्रेसका शीर्ष नेताहरूको सहयोगी भूमिकामा रहेको तर पार्टीको आसन्न महाधिवेशनबाट आफू पनि मूलप्रवाहको राजनीति थाल्ने बताए ।

उनले आफूले काँग्रेसका सबै नेताहरूलाई इज्जत र प्रतिष्ठा दिँदै आएको तर विमलेन्द्र निधि समूहमा पूर्ववत् कायम रहेको प्रस्ट पारे ।

पार्टीको अधिवेशनमा वडा तहबाटै पार्टीका नेता र कार्यकर्ताहरूबीच प्रतिस्पर्धा हुने लोकतान्त्रिक विधिका कारण पार्टीकर्मीहरूबीच इष्र्या र प्रतिशोधको भावना जागृत हुँदा त्यसको प्रतिकूल असर आम चुनावमा पर्ने विश्लेषण सुनाए ।

उनले भने, ‘पार्टीको आन्तरिक निर्वाचनमा प्रतिस्पर्धा गरेर हारजित भएकाहरूबीच आम चुनावमा एकअर्कालाई पराजित बनाउने खेल हुन्छ ।’ चौधरीले पार्टीको आन्तरिक निर्वाचनको यस पद्धतिप्रति पार्टी नेतृत्व तहले पुनर्विचार गर्नु जरुरी रहेको बताए ।

उनले गुटबाजीका कारण आफूलाई काँग्रेस अधिवेशनक्रममा वडा तहमै पराजित गराउने षड्यन्त्र भइरहेको आशंका व्यक्त गरे ।

 

पुरै अन्तर्वार्ताका लागि भिडियो हेर्नुस् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!