अहिलेका


यसकारण उपसभापति निधिले सभापतिमा उम्मेदवारीको घोषणा गरे


जनकपुरधाम, २५ असोज ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका सभापतिका आकांक्षी उम्मेदवार उपसभापति विमलेन्द्र निधिले हिमाल, पहाड र तराइवासी बीचको भावनात्मक सम्बन्ध जोड्नका लागि उम्मेदवारी दिएको स्पष्ट पारेका छन् ।

सोमबार धनुषा निर्वाचन २ मा आयोजित विजयादशमीको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान तथा कार्यकर्ता भेलामा पूर्वमन्त्री समेत उपसभापति निधीले हिमाल र पहाडका साथीहरु नेपाली काँग्रेसको सभापतिमा मलाई हेर्न चाहेको समेत बताएका हुन् ।

नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनमा आफूलाई सभापतिमा समर्थन गर्न समेत उनले आग्रह समेत गरे ।
नेता निधीले भने – केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिँदैछु । निर्वाचन क्षेत्रबाट समर्थनका लागि सबैसँग अनुरोध गर्न आएको छुँ, सभापति बनेर देश र जनताको सेवा गर्ने इच्छा छ, तपाईहरुको समर्थन चाहेको हुँ ।

१४ औँ महाधिवेशनमा पार्टी सभापतिका लागि आफूलाई सहयोग गर्न शेरबहादुर देउवासँग आग्रह गरेको र सभापति देउवाले आफूलाई सहयोग गर्ने वचन १३ औँ महाधिवेशनकै बेला दिएको उनले बताए ।

सभापति देउवासँगको कुराकानीबारे उपसभापति निधिले कार्यकर्ताहरूलाई सुनाउँदै भने –सबै नेताहरूकाबीच यो मेरो अन्तिम पटक हो, अब तपाईं नै हो भन्नुभएको छ । त्यसैले यसपाली सभापति देउवाले मलाई सहयोग गर्नुहुन्छ ।

उपसभापति निधीले अबको पाँच वर्षपछि पार्टीको नेतृत्व युवापुस्ताले गर्ने दावी गरे ।
अब आउने महाधिवेशनमा विश्वप्रकाश शर्मा र गगन थापालगायत युवापुस्ताको दावेदारी रहने भएकोले अबको पाँच वर्षपछि युवापुस्ताले नेतृत्वमा पुग्ने उनले विश्वास व्यक्त गरे ।

यस कार्यकर्ता भेला कार्यक्रममा पुर्वमन्त्री राम कृष्ण यादव, प्रतिनिधि सभा सदस्य स्मृति नारायण चौधरी, काँग्रेसका प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवलगायतकाहरुले पनि बोलको थिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!