अहिलेका


यहाँ ठेकेदार र मेयर राज चल्दैछ : डा.सिके राउत

बर्दिवास, कात्तिक ८ गते ।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले महोत्तरीको बर्दिवासमा ठेकेदार र मेयरको राज चलिरहेको बताएका छन् । उनले रातु खोलामा जारी अवैध दोहनका विषयमा यस्तो टिप्पणी गरेका हुन् ।

बर्दिवासको किसाननगरमा जनमत पार्टीद्वारा आयोजित आमसभामा बोल्दै उनले जनताको राज अझै नआएको बताए ।

‘रातु खोलामा ठूला जेसिबी लगाएर बालुवा, ढुंगा र गिटी ठेकेदारहरूले उत्खनन गरिरहेका छन् । नदी बर्बाद भयो । खोलाले गाउँ बगाउने अवस्था आयो,’ उनले भने, ‘पहिला जंगल बेच्यो, अहिले माटो, बालुवा पनि बिक्री गरेर नेपाली शासकहरूले खाइरहेका छन् । माटो बिक्री गर्न मेयर जनतालाई सोधेनन्, किनकि यहाँ मेयरको राज छ ।’

 

उनले बर्दिवासका मेयरको ठेकेदारसँग मिलेमतो रहेको आरोप लगाए । बर्दिबासका मेयरले बिनाबिल भपाई १९ करोंड खाएर बेरुजु देखाएको उनले आरोप लगाए ।

उनले जनमत पार्टी सत्तामा अएपछि मात्र जनताको राज आउने दाबी गरे ।

उनले पार्टी सत्तामा आएपछिका योजनाबारे सुनाए, ‘हाम्रो सत्ता आयो भने जनताको घरघरमा एउटा सिमकार्ड दिन्छौं, हामी केही गर्नुअघि जनतालाई सोध्छौं । मोवाईलबाट जनताको अभिमत लिन्छौं । के काम गर्ने, के काम नगर्ने जनताले निर्धारण गर्छ, नेता र ठेकेदारले होइन ।’

भ्रटाचार निवारण र दस लाख युवालाई रोजगारी दिने आफ्नो प्रमुख अजेन्डा रहेको डा. राउतले बताए ।

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!