अहिलेका


युवालाई कृषि क्षेत्रमा लाग्न मेयर मण्डलको आह्वान

जनकपुरधाम, १४ कात्तिक ।

हँसपुर नगरपालिकाका प्रमुख रामज्ञान मण्डलले कृषि सहकारीका माध्यमबाट गरिबी न्यूनीकरण, स्वक्षमता वृद्धि र दिगो विकासका लक्ष्य हासिल गर्न सकिने बताएका छन् ।

हंसपुर नगरपालिका–३ मा शनिबार आयोजित साना किसाना कृषि सहकारी संस्थाको पाँचौं वार्षिक सधारणसभाको उद्घाटन गर्दै मेयर मण्डलले कृषि सहकारीबाटै सामाजिक पूँजीको विकास सम्भव रहेको उल्लेख गरे ।

उनले प्रदेश २ को अर्थतन्त्र कृषिमा निर्भर भएकाले पनि सहकारिताका माध्यमबाट कृषि क्षेत्रको बहुक्षेत्रीय र बहुआयामिक विकास गर्नुपर्ने आवश्यक रहेकोमा जोड दिए ।

कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरी खाद्यान्नमा आत्मनिर्भर प्रदेश बनाउनुपर्ने चुनौती रहेको भन्दै मेयर मण्डलले खाद्य सुरक्षा र सम्प्रभुताको संवैधानिक सुनिश्चिततालाई व्यवहारमा उतार्न हँसपुर कठपुल्लाको किसान कृषि सहकारीको उल्लेख्य योगदान हुनुपर्ने बताए ।

कृषि क्षेत्रको आधुनिकीकरण गरी नगरपालिकाका युवा जनशक्तिलाई यस क्षेत्रमै काम गर्न प्रेरित गर्ने खालका योजना नगरपालिका कार्यालयले ल्याएको जानकारी दिँदै कृषि क्षेत्रलाई व्यावसायीकरण गर्न आवश्यक पूर्वाधार निर्माण आफ्नो प्राथमिकता रहेको बताए ।

मेयर मण्डलले केही दिनअघिको बेमौसमी बर्खाका कारण किसानको बालीनाली नष्ट भएको अवस्थामा किसानलाई तत्काल राहत दिन आफूले तथ्यांक संकलनलगायतको प्रक्रिया अघि बढाएको बताए ।

किसान कृषि सहकारी संस्थाका अध्यक्ष किशुन यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हँसपुर नगरपालिका वडा ३ का अध्यक्ष उदयकुमार सिंहलगायतले आआफ्ना धारणा राखेका थिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!