अहिलेका


यो कस्तो मेला ? मेला भर्ने निहुँमा करणीपछि हत्या गर्नेहरू पक्राउ

जनकपुरधाम, २ मंसिर ।
दलित महिलाको बलात्कारपछि हत्या गरेका आरोपमा दुई युवकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरीकी अमृता सदाको बलात्कारपछि हत्या गरेको अभियोगमा महोत्तरी प्रहरीले महोत्तरीको भंगहा नगरपालिका–५ सीतापुरका २४ वर्षीय विपिन मण्डल र धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ पर्सा पकडियाका ४२ वर्षीय मनोज यादवलाई पक्राउ गरेको हो ।

गत असोज १३ गते भंगहा–२ बखरी टोलकी ३५ वर्षीया अमृता सदालाई आरोपीहरूले मेला भर्न जाने निहुँमा राति नौ बजेतिर गाउँनजिकको चौरीमा लगेर आरोपीहरूले पालैपालो करणी गरेका बताइएको छ ।

घटनास्थलमा अचेत अवस्थामा फेला परेकी अमृताको उपचारक्रममा निधन भएको थियो ।

घटनाका आरोपी बिपिनलाई उनकै गाउँबाट प्रहरीले बुधबार पक्राउ गरेको छ भने मनोजलाई सिरहाको मिर्चैया नगरपालिका–५ बाट पक्राउ गरिएको हो

उनीहरूमाथि जबर्जस्ती करणी तथा कर्तव्यज्यान मुद्दामा अनुसन्धान भइरहेको छ।

 

पीडित महिलाको उपचारक्रममा प्रादेशिक अस्पताल जनकपुरमा ज्यान गएको थियो ।
दुई वर्षअघि अमृता र मनोजबीच चिनजान भएको थियो। मनोजले आफ्ना साथी बिपिनसँग मिलेर राति मोटरसाइकलमा लगेर करणीपछि हत्या गरेको प्रहरीको भनाइ छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!