अहिलेका


राजदूत बेरीले जनकपुरमा नेताहरूलाई किन भेटे

जनकपुरधाम, २६ कात्तिक ।
अमेरिकी राजदूत र्‍याण्डी बेरी बेरीसँग प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट गरेका छन् । छठ पूजामा सहभागी हुन बुधबार जनकपुर आएका आएका राजदूत बेरीले बिहीबार जनकपुरधामको होटल वेलकममा नेताहरूसँग भेटघाट गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वसांसद रामकुमार शर्माका अनुसार भेटघाटमा गुणस्तरीय शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, चुरे संरक्षणका साथै सुशासनका विषयमा कुरा गरेका थिए ।

उनले छठ पर्वको धार्मिक, ऐतिहासिक, सामाजिक र साँस्कृतिक महत्व एवं वैशिष्ठ्यका विषयमा समेत नेताहरूसँग जिज्ञासा राखेका थिए ।

त्यस अवसरमा राजदूत बेरीले नेपालको विकासका लागि अमेरिकी सरकारले यथासम्भव सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

राजदूत बेरीले एमसीसीका बारेमा नेपालको सञ्चारक्षेत्रबाट भ्रामक प्रचार भएको र सम्झौतापछि अमेरिकाले नेपालमा सेना राख्ने हल्ला निराधार भएको बताए । उनले भने, ‘राजनीतिक दलका नेताहरूले हामीसँगको बैठकमा सहमति जनाएको र बाहिर राजनीतिक फाइदाका लागि विरोध गरिरहेका छन् ।’

उनले एमसीसीका बारेमा नेपालको सञ्चारक्षेत्रबाट भ्रामक प्रचार भएको र सम्झौतापछि अमेरिकाले नेपालमा सेना राख्ने हल्ला निराधार भएको बताए । उनले भने, ‘राजनीतिक दलका नेताहरूले हामीसँगको बैठकमा सहमति जनाएको र बाहिर राजनीतिक फाइदाका लागि विरोध गरिरहेका छन् ।’

राजदूत बेरीले नेपालले एमसीसीबारे गर्ने हो वा होइनमा छिटो जबाफ दिनुपर्ने पनि उल्लेख गरे । एमसीसी मात्रले नेपाल र अमेरिकाबीचको सम्बन्धमा कुनै असर नपर्ने धारणा पनि उनले व्यक्त गरे ।

छलफलमा नेपाली काँग्रेसबाट महेन्द्र यादव, एमालेबाट रामचन्द्र मंण्डल, नेकपा माओवादी केन्द्रबाट रामकुमार शर्मा, नेकपा (एकीकृत समाजवादी) बाट मञ्जु यादव, जसपा नेपालबाट सञ्जय यादव, लोसपाबाट रानी शर्मा तथा युवा नेता कृष्णा सिहंको सहभागिता थियो ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!