अहिलेका


राजदेवीमा अहिलेसम्मकै बढी बोकाबलि

बोकाबलिबाटै २८ लाख रुपियाँभन्दा बढी संकलन

किरण कर्ण

जनकपुरधाम, २८ असोज ।

जनकपुरधामको मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा अन्य वर्षको तुलनामा यस वर्ष सबैभन्दा बढी बोकाबलि प्रदान भएको छ । गत वर्षको तुलनामा भने झन्डै दोब्बर बोकाबलि प्रदान भएको हो ।

राजदेवी मन्दिरमा महाष्टमी तिथिको राति करिब ७ घन्टासम्म १४ हजार २ सय ४१ बोकाबलि प्रदान भएको जनाइएको छ । बुधबार राति ८ बजेर ५ मिनेटमा सुरू भएको बोकाबलि बिहीबार बिहान ३ बजेर ३८ मिनेटमा सकिएको छ ।

गत वर्ष राजेदवी मन्दिरमा ८ हजार ९ सय ६८ बोकाबलि प्रदान भएको थियो । गत वर्ष कोरोना महामारीका कारण बोकाबलि प्रदान गर्ने भाकल गरेका धेरैजसो श्रद्धालुभक्तजनहरू जनकपुरधाम आउन सकेका थिएनन् ।

मनोवाञ्छित फल प्राप्तिका लागि शक्तिस्वरूपा माता भगवतीसँग भाकल गर्ने र त्यसअनुसार महाअष्टमीका रात राजदेवी मन्दिरमा बोकाबलि दिन आउने श्रद्धालुभक्तजनहरूको सँख्यामा पछिल्ला केही वर्षयता हवात्तै वृद्धि भएको छ । कतिपय भक्तजनहरूले भने बिनाभाकल बोकाबलि दिने गरेका छन् ।

रोगव्याधि निवारण, सन्तान प्राप्ति, सुखशान्ति आदिको कामना तथा भाकल पुरा भएपछि आस्थावान्हरूले निकै टाढादेखि जनकपुरधाममा आएर रातभरि जाग्राम बस्दै माता राजदेवीलाई बोकाबलि दिने गरेका छन् । जनकपुरको राजदेवी मन्दिरमा बोकाबलि दिन जनकपुरधाम, वरपरका क्षेत्र, समीपवर्ती जिल्ला र सीमावर्ती भारतीय क्षेत्रबाट समेत श्रद्धालुभक्तजन आउने गरेका छन् । 

रोगव्याधि निवारण, सन्तान प्राप्ति, सुखशान्ति आदिको कामना तथा भाकल पुरा भएपछि आस्थावान्हरूले निकै टाढादेखि जनकपुरधाममा आएर रातभरि जाग्राम बस्दै माता राजदेवीलाई बोकाबलि दिने गरेका छन् । जनकपुरको राजदेवी मन्दिरमा बोकाबलि दिन जनकपुरधाम, वरपरका क्षेत्र, समीपवर्ती जिल्ला र सीमावर्ती भारतीय क्षेत्रबाट समेत श्रद्धालुभक्तजन आउने गरेका छन् ।

जनकपुरधामको राजदेवी मन्दिरमा वर्षभरि महाअष्टमीका दिनमात्र बोकाबलि दिइन्छ । यसै दिन बिहान पुरुषहरूले राजदेवी मातालाई फुलप्रसाद चढाउँछन् भने महिलाहरूले खोँयच भरेर घरपरिवारको सुखशान्ति र आरोग्यको कामना गर्छन् ।

राजदेवी मन्दिरमा बोकाबलिलगायत दसैंका कार्यक्रम व्यवस्थापन महावीर युवा कमिटीले गर्दै आएको छ ।

यस वर्ष पनि बलि प्रदानका लागि प्रतिबोका दुई सय रुपैयाँका दरले श्रद्धालु भक्तजनबाट संकलन गरिएको छ । संकलित रकम परिचालन व्यवस्थापनमा खटिएको स्थानीय क्लबले गर्ने गरेको छ ।

यसपालि स्थानीय क्लबले बोकाबलि प्रदानबाट मात्र २८ लाख ४८ हजार दुई सय रुपियाँ उठाएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!