जनकपुरधाम, १७ कात्तिक ।
नेकपा एमालेका नेता प्रभु साहले राजनीतिक फोहोर नहटेसम्म देशको विकास असम्भव रहेको बताएका छन् ।
बुधबार कटहरिया बजारको सरसफाइपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पूवमन्त्री समेत रहेका एमाले नेता साहले आफैभित्र रहेको राजनीतिक फोहोर नहटेसम्म सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना पूरा नहुने धारण राखे ।
पूर्वमन्त्री साहले देशमा दूषित राजनीति, कुशासन र ब्यापक भ्रष्टाचार बढेको बताउँदै राजनीतिक भागबन्डाको अन्त हुनुपर्ने बताए ।
उनले स्थानीय व्यापारी, राजनीतिकर्मी, कर्मचारी र जनता सबै मिलेर समृद्धिका लागि पहल गर्नुपर्ने आवश्यकता रहेको बताए ।
