अहिलेका


राजा जनकको कुलदेवीको दर्शन गर्न महिलालाई निषेध किन ?

शक्तिको उपासना मिथिलाञ्चलको भक्तिपरम्परा रहँदै आएको छ ।

जनकपुरको राजदेवी मन्दिरलाई राजा जनकको कुलदेवी मन्दिर मानिन्छ । यस मन्दिरमा वर्षौंदेखि महिलाको प्रवेश निषेध छ । तान्त्रिक विश्वास वा मतका अनुसार दसैंका बेला महिलाले देवीको पूजाअर्चनाबाट शक्ति ग्रहण गर्ने र त्यसको दुरुपयोग हुन सक्ने सम्भावनाका कारण कुनै कालखण्डमा महिलाको प्रवेश यस मन्दिरमा वर्जित गरिएको हुनुपर्छ ।

अचेल महिलालाई पूजा गर्नका लागि बाहिरी झ्यालमा पूजास्थली बनाइएको छ ।

तर, देवी उपासना परम्परामा महिलाको अधिकार र प्रभाव भने सदैव रहँदै आएको छ । यस विषयमा प्रशोधक डटकमका लागि राजदेवी मन्दिरबाट अनिलकुमार कर्णले देवीका उपासिकासँग कुरा गरेका छन् ।

https://fb.watch/8vSrfC84Zd/


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!