अहिलेका


राज्यलाई चिन्न र बुझ्न किन ढिलो छ जनकपुर ?

जयकाश प्रसाद गुप्ता/

जनकपुरको भूखण्ड अनेकौं महिमाहरूले मण्डित रहेको छ । भनिन्छ, याज्ञवल्क्य र मंडन मिश्रजस्ता उद्भट विद्वानहरूले छरेका ज्ञानमा धनुषा–महोत्तरीको आधिपत्य रहन गयो । बौद्धिक सम्पदाको विपुलताले गर्दा यहाँका मानिसमा “ज्ञान र प्रतिवद्धता” लाई बस्तुका रूपमा ग्रहण गर्ने समझ बनाएको छ । स्वाभाविक नै हो, आवश्यकताभन्दा बढी तथा अत्यधिक उब्जनीका बस्तु बिक्री गरिन्छ नै ।

मैले एक पटक गजेन्द्रनारायण सिंहलाई सोधेको थिएँ कि सप्तरीमा सद्भावना पार्टीको राम्रो प्रभाव देखिन्छ । पञ्चायतका कठिन दिनमा पनि विद्रोही व्यक्तित्वको रूपमा तपाईं चुनावमा बिजयी हुनुभयो । जनकपुरसँग जोडिएको सर्लाहीमा पनि त्यस्तै अवस्था देखिन्छ ।

राज्यका विद्रोहीहरू चुनाव जितेको इतिहास छ । बहुदल आएपछिका निर्वाचनहरूमा पनि यस्तै परिणामहरू देखिन्छन् । तर, आश्चर्य लाग्दछ–जनकपुर किन यस प्रभावबाट अछुतो रहन्छ ? मैले गजेन्द्रबाबुलाई फेरि प्रश्न गरेँ– सद्भावना पार्टीले जनकपुर भू–खण्डका गाबिसहरूको साधारण पदाधिकारीमा पनि किन चुनाव जित्दैन ?

तितो मुस्कानका साथ उहाँले भन्नुभयो– किनकि त्यो जनकपुर हो । अरू पनि कतिपय कुराहरू उहाँले बताउनु भयो । कुनै अरू प्रसंगमा लेख्नेछु ।

अहिले गजेन्द्रनारायण सिंहले भनेको यौटो कुरा यहाँ उल्लेख गर्न चाहन्छु । उहाँले भन्नुभयो–मैले मधेसी समुदायको नागरिकताको सवाल, राज्यमा सहभागिताको कुरा, सेना–प्रहरीमा समावेशीकरणका कुरा, आर्थिक अधिकार र भाषिक अधिकारका कुराहरू उठाएको हुँ । भाषिक अधिकारमा मुलुकमा नेपाली भाषापछि दोस्रो तथा मधेसको सम्पर्क भाषाका रूपमा हिन्दी भाषाको मान्यताको कुरा उठाएको हुँ । जनकपुरका विद्वानहरूका लागि यही कुरो बिष भएको छ ।

गजेन्द्रनारायण सिंहले हाँस्दै उहाँले –जनकपुरलाई “जानकी मन्दिर” को बखान र “मैथिली” मा बोली दिँदा पुग्ने हुन्छ । राज्यलाई चिन्न र बुझ्न सधै ढिलो छ जनकपुर ।

हेरौं, अब यो जनकपुरले प्रदेश २ को के नामकरण गर्छ ? मधेस आन्दोलनका प्रायसः सबै उपलब्धिहरू धूलिसात भैसकेको छ । यौटा “मधेस” शब्द बाँकी छ, जसलाई खसीको टाउको अगाडि राखेर मधेसी दलहरूले कुकुरको मासु बिक्री गरिरहेका छन् । हेर्नुछ, अब जनकपुरसंग यो शब्दको शाब्दिक सम्बन्ध पनि बाँकी रहन्छ कि रहन्न !

नयाँ पत्रिकाको तलको कार्टुनले एमालेलाई मात्र हैन, तेस कथित प्रदेशसभामा जो छन् तिनी सबैको चरित्रलाई उजागर गर्दछ । राम रहिम सबैको ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!