अहिलेका


रातिराति जनकपुर बजारबाट केरा थम्ब हटाइँदै

जनकपुरधाम, १९ कात्तिक ।

जनकपुरधाममा दीपावलीका दिन पसलको शोभा बढाउन सडकसँग जोडिएर राखिने केराका थम्ब हटाउने काम भइरहेको छ । जनकपुरधाम उपमहानगरपालिका कार्यालयका सफाइकर्मीहरूले शुक्रबार उज्यालो छिप्पिएपछि केराको थम्ब व्यवस्थापन गर्ने काममा जुटेका हुन् ।

दीपावलीको भोलिपल्ट केराका थम्ब पसलअगाडि सडकमा थान्कोमुन्को गर्ने प्रवृत्ति वर्षौंदेखि रहँदै आएको छ ।

जनकपुरधामका मेयर लाकिशोर साहले चारवटा टिपर र नौवटा ट्याक्टर परिचालन गरी केराका थम्ब हटाउने काम भइरहेको जानकारी दिए ।

उनले शुक्रबार साँझ भानुचोकदेखि शिवचोकसम्म, राम मन्दिर वरपर, पुरानो बजार, जानकी मन्दिरदेखि रामानन्दचोकसम्म र धनुषापथ क्षेत्रबाट थम्ब हटाइएको बताए ।

उनले केराका थम्ब व्यवस्थापन गर्ने कार्य जारी रहने पनि बताए ।

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!