जनकपुरधाम, २३ कात्तिक ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको धनुषा जिल्ला अधिवेशनबाट फेरी पनि रामचन्द्र यादवलाई अध्यक्षमा सर्वसम्मतीले चयन गरिएको छ ।
धनुषा जिल्ला अध्यक्षमा रामचन्द्र यादव चयनसंगै जिल्ला अधिवेशनबाट ४१ सदस्यीय कार्यसमिति समेत चयन गरिएको हो ।
त्यस्तै उपाध्यक्षमा मोहम्म दाउदलाई चयन गरिएको छ ।
सदस्यहरुमा कमलेशकुमार मण्डल, ईश्वरप्रसाद साह, रुपा ठाकुर, अभयकान्त ठाकुर, रामनारायण ठाकुर, श्रवणकुमार दाहाल लगायतकालाई चयन गरिएको छ । भने बाँकी पदाधिकारीहरुको चयन जिल्ला वैठकबाट अध्यक्ष यादवले चयन गर्ने राप्रपाका नेता कमलेश मण्डलले जनाए ।
राप्रपाको प्रदेश २ प्रमुख रामचन्द्र रायको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनमा केन्द्रिय सदस्यहरु कृष्णप्रताप मल्ल, मनोज मल्ल, श्रवणकुमार झा, प्रमोदकुमार गोयन्का, वीरेन्द्रलाल कर्ण, मिनबहादुर थिंग, राजकुमारी साह, नथुनीलाल दास र प्रदेश सदस्यहरु सुवोध ठाकुर, असर्फी झालगायतहरुको उपस्थिति रहेको थियो ।
