अहिलेका


रामसरोज अन्ततः निधि कित्तामै, विश्वासका आधारमा निर्णय लिने सहमति

जनकपुरधाम, ४ मंसिर ।
आधा घन्टाको छलफलपछि काँग्रेस शीर्ष नेता एवम् उपसभापति विमलेन्द्र निधि र पार्टीका अर्का नेता रामसरोज यादव बैठककक्षबाट बाहिरिए ।

बाहिर भेलाजम्मा भएका करिब सयभन्दा नेताकार्यकर्तालाई दुवै नेताले एकै स्वरमा भने, ‘हामीबीच सकारात्मक र सार्थक कुराकानी भयो । पार्टी अधिवेशनमा तपाईंहरू एक्यबद्ध भएर अघि बढ्नुहोस् ।’

जनकपुरधामको मधेस भवनस्थित मन्त्रीसमेत रहेका यादवको सरकारी निवासमा नेता निधि र यादवबीच शुक्रबार साँझ भेटवार्तापछिको दृश्य हो यो ।

आफ्नै गुटका नेताकार्यकर्ताहरूले गृहगाउँ मुखियापट्टी मुसहरनियाँमा चर्का नाराबाजी गरेपछि असन्तुष्ट यादवलाई मनाउन नेता निधि शुक्रबार साँझ मधेस भवन पुगेका थिए ।

सोही प्रयोजनले पार्टीका शीर्ष नेता निधि शुक्रबार जनकपुरधाम आएका थिए । जस्तोसुकै प्रतिकूल अवस्थामा साथ नछुटेका दुवै नेताबीच कुराकानीपछि मनोमालिन्य नरहने अनुमान सबैले गरेका थिए ।

मन्त्री यादवका सल्लाहकार जीवनाथ चौधरीका अनुसार उनीहरूबीच भएको भेटमा पार्टी अधिवेशनक्रममा एकअर्कालाई विश्वासमा लिएर प्रतिनिधिसभा क्षेत्र नम्बर ४ का जनकपुरधाम उपमहानगरपालिका, नगराइन नगरपालिका, धनौजी र मुखियापट्टी गाउँपालिकामा सहमति, सद्भाव र सहकार्यका आधारमा अघि बढ्नेबारे कुरा भएको छ ।

नेता निधिले क्षेत्रका सबै पालिकामा मन्त्री यादवले सबैसँग कुराकानी गरी समन्वयका आधारमा पार्टी अधिवेशनक्रममा उम्मेदवारबारे निर्णय गर्ने निर्देशन सबैलाई दिएको पनि चौधरीले बताए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!